Logo

Student Corner

अवस्था

Written by: Utkrist Mani Neupane - 21133, Grade XII

Posted on: 06 April, 2021

पौराणिक सोच र आधुनिक रहरकाे गुजुल्टोमा बेरिएका मान्छे 

धार्मिक कैदीगृहका बाथरुममा 

मागहरूका अनहाइजेनिक रङले नुहाएका दैवीआकृति 

व्यस्त छन् चुस्न नाङ्गिएको एन्टिक सभ्यता ।

 

उता अनुकरणको पखालाले ग्रस्त संस्कृति 

घरि घरि फ्याँकिरहेछ 

ढाडिएकाे मोडर्निजम्‌का अज्ञात, आदिम पाइखानामा

विभाजनको सरुवा रोग 

भित्रिरहेछ अन्तर्राष्ट्रिय अनुदानसँगै 

चिल्ला गाडीमा बसी डलरसँग मस्किँदै, गफिँदै ।

 

गिदी सुकेर स्वपहिचान हराएका

बिलासी बप्परे लिडर कुल्चिरहेछन् हिँडिरहेका पाइताला

आलिसान नोस्टाल्जिक पलायन प्यालेसबाट 

देश दगुराउने चालकहरू उडाउँदै छन् प्रजातान्त्रिक सिग्रेट ।