Logo

Student Corner

मानिसको जीवनः एक यात्रा

Written by: Anukrama Poudyal - 22031, Grade XI

Posted on: 05 April, 2021

भनूँ के भनूँ, जो सबैलाई थाहा छ,

सुनाऊँ के सुनाऊँ, जुन सर्वव्यापक छ,

कस्तो अचम्म लुकेको छ यो संसारमा

कत्रो असमानता देखिन्छ मानिस मानिसमा

कतै मानिसको सुत्ने घर छैन,

कतै मानिसको खाने अन्न नै छैन,

मानिस कतै भोकले निलो भएको छ,

मानिस कतै ऐश्वर्यले चम्किरहेको छ । 

 

मानिसको पसिनामा पौडी खेल्छ मनिस

मानिसकाे रगतमा होली खेल्छ मानिस

मानिसकै मृत्युमा प्रफुल्लित छ मानिस ।