Logo

Student Corner

विद्यार्थी

Written by: Sashuv Kafle - 21130, Grade XII

Posted on: 04 April, 2021

कर्णधार भविष्यका, काँचो माटो अनि 

देश विकासमा लाग्नेछन् यी प्रगतिशील बनी । 

 

जोस जाँगर बोकिकन हिँड्छन् यिनीहरू 

देश विकासमा पछि हट्दैनन्, प्राणै त्याग्छन् बरु ।

 

विद्या, बुद्धि, विवेक र खुल्ला दिलका धनी 

यिनका सामु उँचनिच कोही छैन अनि । 

 

स्वतन्त्रता प्यारो ठानी अगाडि यी बढ्छन् 

अन्याय र थिचोमिचो क्रान्तिद्वारा तोड्छन् ।

 

हार्दैनन् यिनले कहिल्यै हिम्मत र साहस 

स्वतन्त्र देश  निर्माण गरी लेख्छन् इतिहास । 

 

अँध्यारोको ज्योति शीला लिँदै अघि बढ्छन् 

कापी कलमकै भरमा देशलाई कोल्टे फेर्छन् ।

 

इतिहास साक्षी छ नि क्रान्ति यहाँ हुँदा 

लोकतन्त्र आयो देशमा यिनले ज्यान दिँदा ।।