Logo

Student Corner

मानव संस्कृति

Written by: Manisha Gurung - 22030, Grade XI

Posted on: 28 March, 2021

संस्कृति हामी मानवहरूकाे सामूहिक जीवन शैली हाे भन्दा फरक नपर्ला । विशेष गरी संस्कृति भन्नासाथ हामी पुर्ख्याैली जीवनसँग जाेडिन जान्छौँ किनकि संस्कृति आज या हिजाे नै देखा परेकाे विषय अवश्य हाेइन, युगाैँदेखि चलिआएकाे आचार, व्यवहार वा क्रियाकलापले निरन्तरता पाइरहँदा आज संस्कृतिकाे नाउँ उदायाे । तसर्थ संस्कृति हाम्रा पुर्खाहरूकाे आविष्कार हाे भन्दा फरक नपर्ला ।

 नेपाल सांस्कृतिक विविधतामा संसारकै धनी मुलुक हाे । नेपालमा भूगाेल र जातिअनुसार फरक फरक संस्कृति छ । नेपालमा मधेस, पहाड र हिमालमा भिन्न भिन्न प्रकारकाे संस्कृति हामी देख्न सक्छौँ र याे विविधता नै नेपाली समाजकाे मूल पहिचान हाे । दुख परेकालाई सहयाेग दिनु, ठुलालाई आदर र सानालाई माया दिनु नेपालीकाे साझा संस्कृति हाे । 

“सय थरी बाजा एउटै ताल, सय थरी गाेडा एउटै चाल” भनेझैँ यहाँ थुप्रै संस्कृति छ र त्यही संस्कृतिभित्र मेलमिलाप र सहयाेगी भावनाहरू भेटिन्छन्, जसमा साँच्चै नेपाली हुनुुकाे भाव पैदा हुन्छ ।

 नेपाली संंस्कृति अरू देशकाे तुलनामा धेरै माथि छ र विशेष गरी मेलमिलापको सन्देश दिने खालकाे उदाहरण दिनका लागि याे विषयभन्दा उत्तम उदाहरण अरू हुनै सक्दैन । तर याे सुनाैलाे अवसर पनि त्यति बेलासम्म हुने छ जुन बेलासम्म हामीले हामाे संंस्कृतिलाई माया र सम्मान दिन बिर्संदैनाैँ ।

 नेपाली संस्कृति अरू मुलुककाे भन्दा निकै फरक भेटिन्छ, जसमा कहीँकतै नेपालीकाे नाैलाेपन झल्किन्छ तर यही संस्कृति कतिपय ठाउँमा विकृतिकाे स्वरूप सावित भएको छ । हामीले पढ्दै आएका छाैँ कि संस्कृति परिवर्तनशील विषय हाे तसर्थ जुन संस्कृति परिवर्तन हुँदैन, त्याे संस्कृतिले विकृतिको स्वरूप लिन पुग्छ । अहिलेकाे युगमा पनि हामी कतिपय विकृतिलाई पहिलेदेखि चलिआएकाे परम्परा हाे, हामी किन नमान्ने ? भन्नेजस्ता कुराहरू सुन्नमा आएकाे देखिन्छ तर पुर्खाकाे देन हाे भन्दैमा राम्रो र नराम्रो थाहा त हुनुपर्याे नि । 

अन्तत: समयानुकूल परिवर्तनशील रहने नै वास्तविकतामा संकृति भन्न सुहाउँदो हुन्छ किनकि संस्कृति हामी मानवहरूकाे जीवनकाे सहजताकै लागि सुरु भएको हाे ।