Logo

Student Corner

याद

Written by: Biraj Bikram Shahi - 21106, Grade XII

Posted on: 23 March, 2021

मलाई आउँछ याद, धेरै नै आउँछ याद

म जति ठुलो हुँदै गएँ, त्यति नै आउँछ याद

ती यादहरूले मलाई हँसाउँछन्,

र ती यादहरूले मलाई रुवाउँछन् ।

 

म साथीहरूसँग रातभरि उठेको याद

म साथीहरूसँग सँगे सुतेको याद

बिर्सिनै सक्दिनँ म ती यादहरू

बिर्सिनै सक्दिनँ म ती यादहरू ।

 

मिठा यादहरू मिठै हुन्छन्,

तर यादहरू जति पुराना हुँदै जान्छन्,

तिता याद पनि मिठा हुँदै जान्छन्,

मलाई आउँछ याद, धैरै नै आउँछ याद ।  

 

सरले स्कुलमा पिटेको याद

साथीसँग झगडा गरेको याद

दुख्न छोड्छन् ती याद

पोल्न छोड्छन् ती याद

सँगै बाहिर खेलेको याद

सँगै गाली खाएको याद

मलाई आउँछ याद, धेरै नै आउँछ याद

म मरुन्जेलसम्म पनि बिर्सन्नँ ती याद ।