Logo

Student Corner

नेपालकाे विकास नहुनुको कारण चाहिँ के रहेछ ?

Written by: Rakshit Dahal - 22023, Grade XI

Posted on: 22 March, 2021

नेपालकाे विकास नहुनुमा हामी धेरैजसो सरकारलाई दोष दिने गर्छाैं तर हामी आफूलाई भित्रबाट हेर्न खाेज्दैनौँ। नेपालका अधिकांश ठाउँहरूमा फोहर हुन्छ र त्यस्तो फोहर तपाईं हामीबाटै हुन्छ । म आफ्नो स्कुलबाट घर फर्किँदा मजस्तै एउटा विद्यार्थी आफ्नो स्कुलबाट कुरकुरे खाँदै आउँदै थियो । कुरकुरे खाइसकेपछि उसले हातमा भएको प्लास्टिक कहाँ फालाैँ भन्दै यताउति हेर्यो अनि अन्त्यमा उसले हातबाट प्लास्टिक फुत्त फुटपाथको एउटा कुनामा फाल्यो, म त हेरेको हेर्यै भएँ किनकि मैले मेरो झाेलामा आफूले खाएको चाउचाउको प्लास्टिक घर गएर फाल्छु भनेर बाेकेकाे थिएँ । हामी आफूबाट त्यस्तो काम हुन्छ अनि हामी अन्तिममा सजिलैसँगै सरकारलाई दोष लगाएर कुरा टुङ्ग्याउँछाैँ । 

नेपालको विकास गर्ने सरकारले हो तर त्यसभन्दा ठुलो विकास तपाईं हामीबाट हुन्छ, हामी सबैबाट हुन्छ । थोपा थाेपा मिलेर सागर बन्छ भनेजस्तै साना साना कुराबाट देश र आफ्नो चरित्र देखा पर्दछ । नयाँ नेपालको विकास तपाईं हाम्रो हातमा रहेको छ । हाम्रा पुर्खाहरूले जोगाएको देश अहिले फुट्दै गएको छ । १२ कक्षा सकेपछि हामी मध्ये अधिकांश विद्यार्थी पढाइको नाममा र कामको नाममा देशबाट बाहिर जान्छाैँ अनि देशलाई फर्केर हेर्दैनाैँ ।

हामी जहाँ भए पनि याे देशको सम्मान गराैँ अनि नेपालको बारेमा सोचाैँ । यहाँका मान्छेहरूका लागि, यहाँका किसानहरूका लागि, यहाँका श्रमिकहरूका लागि साेचाैँ । सधैँ भ्रष्ट नेताहरूका कुरा काटेर मात्र हामी कतै पनि पुग्दैनाैँ । याे देशको भविष्य तपाईं हाम्रो हातमा छ ।