Logo

Student Corner

कसरत

Written by: Shreejal Khatri - 22024, Grade XI

Posted on: 18 March, 2021

कसरत भनेको हामीले हाम्रो तनलाई धेरै मात्रामा काम गरेर बलियो र स्वस्थ बनाउने कार्य हो । कसरत गर्नु भन्नाले जिमको नै आवश्यकता पर्छ भन्ने त हुँदैन । हामीले हाम्रो घरमै बसेर पनि राम्रो तरिकाले कसरत गर्न सक्छौँ । कसरतले मानिसको शरीर र दिमाग दुवैलाई राम्रो गर्दछ ।

कसरत गर्ने पनि विभिन्न तरिकाहरू छन्, जस्तैः हामीले छातीलाई बलियो बनाउन पुसअप, बेन्चप्रसजस्ता कार्यहरू गर्न सक्छौँ । यसै गरी हामीले खुट्टाको लागि सिटअप गर्न सक्छौँ । यस्तै गरी हामीले हाम्रो तनको विभिन्न भागकाे मासुलाई बलियो बनाउन अरू पनि कार्य गर्न सक्छाैँ । कसरत गर्नका लागि जहिल्यै कार्य मात्र होइन, हामीले प्रशस्त मात्रामा खानपिन पनि गर्नुपर्छ र तनलाई चाहिने उपयुक्त पोसकहरू पनि लगाउनुपर्छ । कसरत गर्दा मानिसहरूले एक कुरामा धेरै ध्यान पुर्याउँदैनन्, जुन होः राम्रो र प्रशस्त मात्रामा निद्रा पुर्याउने । हामीले कसरत गरेर खर्च गरेकाे शक्ति पुनः प्राप्त हुने बेला भनेकै हामी सुतिरहेको बेला हो । यदि तनले आराम पाएन भने तन दुख्ने समस्या बढ्दछ । यदि हामीले यी तीन कुरा राम्ररी मिलाउन सक्यौँ भने हामीले कसरत गरेको फल छिटै पाउने छौँ ।  

कसरतले हामीलाई निकै आत्मविश्वासी पनि बनाउँदछ । यसले डिप्रेसनलाई हटाउन पनि निकै ठुलो सहयोग दिन्छ । कसरत गर्नु भनेको चानचुने कुरा होइन । यो कार्य गर्न हामी निकै अनुशासित हुनुपर्दछ । कसरतले हामीलाई महत्त्वाकाङ्क्षी हुन सिकाउँदछ । कसरतले मलाई पनि निकै सहयोग गरेको छ । मलाई केही कुरामा रिस उठ्दा म त्यो रिस कसरतमा उतार्ने गर्दछु । यसले गर्दा कसैलाई हानि पनि हुँदैन र आफ्नै जिउलाई राम्रो गर्दछ । कसरतले मलाई गारो समयमा पनि निकै सहयोग गरेको छ । कोही मानिसहरू कसरत गरेपछि छिटोभन्दा छिटो यसको परिणाम राम्रो खोज्दछन् तर धेरैले राम्रो परीणाम पाउँदैनन् किनभने केही पनि राम्रो फल वा परिणाम पाउनका लागि मेहनत जरुरी नै छ । हामीले कसरत गर्नमा जति मेहनत लगाउँछौँ, हाम्रो तन त्यति नै राम्रो बन्दछ ।

म सबैलाई आफ्नो समयबाट कम्तीमा पनि ३० देखि ४० मिनेट कसरत गर्न एउटा भिन्दै समय राख्न आग्रह गर्दछु । याे समयमा मानिसहरू धेरै बाहिर ननिस्कने र काम धेरै हुने कारणले हाम्रो तनलाई स्वस्थ राख्नका लागि कसरत निकै जरुरी रहेको छ ।