Logo

Student Corner

बालश्रम

Written by: Princy Jaiswal - 21116, Grade XII

Posted on: 16 March, 2021

बालश्रम हाम्रो देशमा एक प्रमुख मुद्दा भएको छ । नेपालमा धेरै स्थानहरू छन् जहाँ अझै साना बच्चाहरू होटल, घर, कारखानामा नोकरका रूपमा काम गरिरहेका छन् । पढ्ने उमेरमा तिनीहरू नोकरहरू भएर काम गरिरहेका छन् ताकि उनीहरूले केही खानेकुरा पाउन सकून् । बालश्रमले बच्चालाई सामान्य बाल्यावस्था, उचित शिक्षा र शारीरिक र मानसिक विकासको अवसरबाट वञ्चित गराउँदछ । यद्यपि यो अवैध छ तर अझै पनि केही स्थानहरू छन् जहाँ बच्चाहरूले खुला रूपमा काम गरिरहेका छन् । 

बालश्रमका धेरै कारणहरू हुन्छन् जसमध्ये केही सामान्य हुन सक्छन् तर यदि कही गरिबी र बेरोजगारी छ भने त्यहाँ बालश्रमको समस्या निश्चित् रूपमा उत्पन्न हुन्छ । जब परिवारहरूसँग पर्याप्त कमाइ हुँदैन, तिनीहरूले आफ्ना बच्चाहरूलाई काममा राख्छन्, जसले गर्दा बढी पैसा कमाउन सकिन्छ । यसै गरी यदि परिवारको अभिभावक बेरोजगार छ भने सानाे बच्चाले आफ्नो परिवारका लागि काम गर्नुपर्छ । जब व्यक्तिहरूले शिक्षाको महत्त्व बुझ्दैनन्, उनीहरू अन्ततः आफ्ना बच्चाहरूलाई काममा लगाउँछन् । अशिक्षित व्यक्तिहरू केवल वर्तमानका बारेमा गर्छन् त्यसैले उनीहरू बच्चाहरूलाई काममा राख्छन् ताकि उनीहरू आफ्नो वर्तमानमा बाँच्न सक्दछन् । यसबाहेक विभिन्न उद्योगहरूको पैसा बचत गर्ने साेच बालश्रमको एक प्रमुख कारण हो । उनीहरू बच्चाहरूलाई काममा लिन्छन् किनकि वयस्कसमान काम गरे पनि उनीहरूलाई कम पैसा तिरे पुग्छ तर बच्चाहरूले ठुला कर्मचारीहरूभन्दा अझ बढी नै काम गर्छन्, त्यसैले तिनीहरूले सजिलै बच्चाहरूलाई समेट्न सक्छन् । तिनीहरूले केवल आफ्नाे नाफा हेर्छन्, त्यसैले उनीहरूले बच्चाहरूलाई कारखानामा कामका लागि राख्छन् ।

यदि हामी बालश्रम रोक्न चाहन्छौँ भने हामीले केही धेरै प्रभावकारी समाधानहरू बनाउनुपर्छ जसले हाम्रा बच्चाहरूलाई बालश्रमबाट बचाउन मद्दत गर्छन् । हामीले युनियनहरू सिर्जना गर्नुपर्ने छ जसले बालश्रम रोक्ने काम गर्न मद्दत गर्दछ । यसले बच्चाहरूलाई यस काममा संलग्न हुने र तिनीहरूलाई सजाय दिने काममा मद्दत पुर्‍याउँछ । यसबाहेक हामीले अभिभावकलाई शिक्षाको महत्त्वका बारे सचेत गराउनुपर्दछ । यदि हामी शिक्षा निःशुल्क बनाउँदछौँ र जनता जागरुक छन् भने हामी अधिकभन्दा अधिक बच्चाहरूलाई शिक्षा दिन सक्षम हुने छौँ, जसले गर्दा उनीहरूले बालश्रम गर्नुपर्दैन । यसबाहेक बालश्रमको हानिकारक नतिजाबारे मानिसहरूलाई सचेत गराउनु पनि आवश्यक छ ।