Logo

Student Corner

वर्तमान र भविष्यको सम्बन्ध

Written by: Parikshit Maharjan - 22029, Grade XI

Posted on: 15 March, 2021

वर्तमान र भविष्यबिच गहिरो सम्बन्ध रहेको छ । भविष्यले पनि एक दिन वर्तमानको रूप लिने छ भने वर्तमान पनि भविष्यको लागि नै चलिरहेको छ । हामी वर्तमानमा जे गर्छाैँ, जति मेहेनत  गर्छाैँ, हाम्रो भविष्य राम्राे होस् भनी गर्छाैँ । यो कुरा बेठिक होइन कि हामी मानिसले भविष्य उज्ज्वल बनाउन वर्तमानमा धेरै कठिन कामहरू गर्छाैँ तर हामी मानिसहरू भविष्यको डरले वर्तमानमा बाँच्न छाडिसकेका छाैँ । भविष्यको डरले धेरै मानिसहरूले वर्तमानमा ज्यान गुमाएका छन् भने धेरै मानिसहरू चिन्तित भई डिप्रेसनमा पुगेर जीवनको महत्त्व नै बिर्सिसकेका छन् ।

 हामी वर्तमानलाई महत्त्व दिएर वर्तमानमै जिउनुपर्दछ । यसो गरेमा हामी जीवनलाई राम्ररी हाँसीखुसी व्यतित गर्न सक्दछाैँ । जीवनका हरेक पलसँग बाँच्ने मौका वर्तमानले दिन्छ तर हामी वर्तमानलाई हैन, वर्तमानमा पनि भविष्यका लागि नै बाँचिरहेका छौँ । 

त्यसैले सबै मानिसले यो बुझ्नु पर्छ कि भविष्य त आउँदै छ तर वर्तमान हाम्रो कर्म हो र हामीले कर्ममा विश्वास राखेर यसलाई राम्रो बनाउँदै गयौँ भने हाम्रो भविष्य आफैँले आफ्नो सुन्दर रूप लिँदै हामीलाई सफलताकाे बाटोमा लग्ने छ ।