Logo

Student Corner

हाइकिङ्ग र रमइला पलहरू

Written by: Sinja Ghimire - 21125, Grade XII

Posted on: 08 March, 2021

हाम्रो कलेजले हामीलाई फागुन ९ गते झोरदेखि ककनी हाइकिङ्ग लगेको थियो । हामीले कलेजमा ८:१५ भित्र उपस्थित हुनुपर्ने थियो ।  हाम्रो हाइकिङ्गको यात्रा ९:०० बजे कलेजबाट गाडीमा निस्किएर सुरु भयो । हामी झोरनजिकसम्म बसको यात्रा गरेर गयौँ । बसको यात्रा निकै रमाइलो थियो । हामी गीत गाउँदै, नाच्दै रमाइलो गरेर गयौँ । 

हामी झोरनजिकबाट हिँड्न थाल्यौँ । बाटामा हिँड्दा हामीले धेरै राम्रा झरना र मन लोभ्याउने विभिन्न दृश्यहरू देख्यौँ । हिँड्दै जाँदा निक्कै सुन्दर ठाउँहरू पनि देख्यौँ । झरना देख्यौँ, हरिया पहाडहरू देख्याैँ र टन्नै फोटाहरू पनि खिच्यौँ । हामीलाई बाटामा हिँड्दा अलि गाह्राे भयो । हिँड्दै गर्दा हामी विभिन तस्बिरहरू पनि खिच्यौँ ।हामी बाटामा रमाइलो गर्दै, गफ गर्दै र खाँदै हिँड्यौँ । करिब ६-७ घण्टा हिँडेपछि हामी ककनीमा रहेको राष्ट्रिय निकुञ्जको क्याम्पअगाडि पुग्यौँ । हामी एकदमै थकित थियौँ । हामीले एकै छिन त्यहाँ थकाइ मार्यौँ । त्यसपछि हामी फेरि हिँड्न थाल्यौँ । करिब ५:३० तिर हाम्रो हाइकिङ्गकाे अन्त्य भयो । त्यसपछि निक्कै ठकिन भएर फर्क्यौं । हामीलाई थकाली खाना खान लेते भन्ने रेस्टुरेन्टमा लगियो । त्यहाँबाट हामी घरतिर फर्क्यौं ।

मलाई धेरै समयपछि हिँडेको भएर निकै गारो भयो नत्र यो हाइकिङ्ग एकदमै रमाइलाे र यादगार भयो ।