Logo

Student Corner

हाइकिङ्गका रमाइला पलहरू

Written by: Niharika Shrestha - 22022, Grade XI

Posted on: 04 March, 2021

हाम्रो कलेजले हामीलाई हाइकिङ्ग लिएर जाने निर्णय गरेको खबर सुनेर निक्कै खुसी र मज्जा लाग्यो । हाम्रो हाइक सुन्दरीजलदेखि चिसापानीसम्म थियो । आइतबारको दिन थियो । म बिहान ६ बजेतिर उठेँ र हाइकिङ्ग जानका लागि निक्कै उत्सुक थिएँ । नयाँ बनेका साथीहरूसँग अझ घुलमिल हुन पाउने मौका पनि थियो । हामीले बिहानको ७:३० बजे कलेज पुग्नुपर्ने भनेर जानकरी पाएका थियौँ त्यसैले म त्यहीअनुसार तयार हुन थालेँ । 

 कलेजबाट सुन्दरीजलसम्म बस यात्रा थियो । बसमा पनि निक्कै रमाइलो गर्यौं । हामीहरूले गीत गायौँ, नाच्यौँ र टन्नै गफ पनि गर्यौं । सुन्दरीजलबाट हामीले हिँड्न सुरु गर्यौं । सुरु सुरुमा हिँड्न अलि गाह्रो भएको थियो तर पछि साथीहरूसँग गफ गर्दै हिँड्दै जाँदा त्यस्तो महसुस नै भएन । हिँड्दै जाँदा निक्कै सुन्दर ठाउँहरू पनि देख्यौँ । झरना देख्यौँ, हरिया पहाडहरू आदि र टन्नै फोटाहरू पनि खिच्यौँ । लगभग ४-५ घण्टासम्म हामी हिड्यौँ । कुनै कुनै बाटो अलि हिँड्न गाह्रो खालको पनि थियो । बिचमा निक्कै थाकेर एकछिन सबैजना रोकियाैँ र आराम गर्यौं । भोक पनि लागिरहेको थियो त्यसैले खाजा पनि खायौँ । विशेष धन्यवाद हाम्रो निर्मल सरलाई, उहाँले निक्कै मिठा मिठा खाने कुराहरू लिएर आउनुभएको थियो । त्यसपछि हामी फेरि हिँड्न थाल्यौँ । साँझ ४ बजेतिर हाम्रो हाइककोअन्त्य भयो । त्यसपछि निक्कै ठकिन भएर फर्क्यौं । हामीलाई थकाली खाना खान जिम्बु भन्ने रेस्टुरेन्टमा लगियो । त्यहाँबाट हामी घरतिर फर्क्यौं ।

 यो दिन सधैँ यादगार हुने छ । मैले मेरा साथीहरूसँग धेरै सम्झनाहरू सिर्जना गरेँ । यो यात्रा साँच्चिकै रमाइलो र यादगार थियो ।