Logo

Student Corner

तनाब

Written by: Kajal Bastakoti - 21108, Grade XII

Posted on: 03 March, 2021

तनाब छ यहाँ धेरै कुराको 

खै जति गरे पनि जस छैन, 

पिर त  छँदै छ, 

जति मेहनत गरे पनि साध्य छैन ।। 

 

भुझ्ने छैनन् कसैले मार्का तिम्रो 

काम थपिँदै जाने छ,

अन्त्यमा तिमी जे गर्छौ ,

त्यो तिमीमा नै सीमित छ ।।  

 

जस पाउने छैनाै तिमीले 

तिम्रो मेहनतका लागि 

तर हार मान्नु छैन अब 

कुनै पनि कुरामा ।।