Logo

Student Corner

के पेले साँच्चिकै महान् खेलाडी थिए ?

Written by: Aashutosh Pudasaini - 22002, Grade XI

Posted on: 02 March, 2021

‘पेले’ का नामले परिचित खेलाडी इडसन अरान्ते दो नासिमेन्तोको जन्म ब्राजिलकाे मिनास गेरियसमा सन् १९४० अक्टोबर २३ मा भएको थियो । पिता जाओ रामो दो नासिमेन्तो र माता सेलेन्ते अरान्तेको कोखबाट पेलेको जन्म भएको थियो । उनी सानैदेखि फुटबल खेल खेल्न अब्बल थिए । पेले उनको स्कुलका दिनमा ‘बिले’ को नामबाट परिचित थिए । ‘बिले’ अपभ्रंश हुँदै पेले भएको थियो । 

उनको बाल्यावस्था गरिबीमा बितेको थियो त्यसैले आफ्नो परिवारको गुजाराका लागि उनले पसलमा समेत काम गर्नुपर्दथ्यो । उनलाई फुटबल खेल्नका लागि उनकै पिताले सिकाएका थिए । सन् १९५६ मा ब्राजिलकै स्तरीय क्लब सान्तोषबाट पेलेले आफ्नो खेल यात्रालाई अगाडि बढाएका थिए, अनि सान्तोषबाट उनी कहिल्यै टाढिएनन् । उनी सान्तोषका सर्वाधिक गाेलकर्तासमेत हुन् । उनले सान्तोषका लागि धेरै खेल खेले तापनि उनको ठुलो उपलब्धि भने तीन विश्वकपमाथि विजय हासिल गर्नु नै हो । विश्वकप विजयको उनको यात्रा सन् १९६२ बाट सुरु भएको थियो । उनले क्रमशः १९६२, १९६६, १९७० मा विश्वकपलाई आफ्नो देशमा भित्र्याएका थिए । त्यही यात्राका क्रममा पेलेले आफ्नो करियरमा १०२४ गोल पनि गरे । उनको त्यो रेकर्ड अहिलेसम्म पनि कसैले पनि तोड्न सकेको छैन । पेलेले तीनवटा विश्वकपमा विजय हासिल गरे पनि उनले युरोपमा खेल नखेलेका कारण उनलाई मानिसहरूले ओभररेटेड खेलाडी पनि भन्ने गरेका छन् ।

पेलेले आफ्नो १०२४ गोलमध्ये ४० प्रतिशत गोल अनअफिसियल खेलमा गरेका थिए । यसकारणले पनि मानिसहरूले पेलेलाई महान् खेलाडी भन्न उचित नहुने भन्ने गरेका छन् । एक प्रकारले उनका आलोचकहरूले  गरेका आलोचनालाई ठिक नै पनि मान्न सकिन्छ ।