Logo

Student Corner

के तपाईं हराउनुभएको हो ?

Written by: Samyam Shrestha - 22012, Grade XI

Posted on: 28 February, 2021

सेरिना आफ्नो निद्राबाट उठ्दाखेरि उसले आफूलाई एउटा टापुमा भेटी । वरिपरि हेर्दा उसले केही देखिन, अगाडि, पछाडि जता हेरे पनि एउटा अज्ञात टापु ! उसले सोची,"कता छु म ?"  उसले वरिपरि कोही छ कि छैन भनेर खोज्न थाली तर नजिक कोही भेटिन । ऊ घबराउन थाली । उसले याद गर्न खोजी, ऊ कसरी यस्तो अवस्था पुगी ? उसले सबै याद गर्न खोजी तर टाउकोमा ठोकेकाले धेरै केही याद आएन । उसलाई अब कसरी बाँच्ने भनेर चिन्ता भयो ।  सुनसान ठाउँमा कसरी बाँच्ने उसलाई केही थाहा थिएन ।  उसले नजिकका ठाउँहरू पुरै अन्वेषण गरी तर कुनै जन्तु, जनावर र मान्छे केही देखिन । उसले ठुलाे अक्षरमा "हेल्प मी" लेखी र खाने कुरा खोज्नतिर लगी । 

पुरै आनजान टापुमा उसले बाँच्नलाई सबै कुराहरू मिलाउन सुरु गरी ।  पछि उसले त्यहाँ ३ जना अरू मान्छेलाई भेटी, जो ऊ जसरी नै टापुमा आएका थिए । ऊ धेरै खुसी भई । उसले नजिक गएर हेर्दा उसकै कक्षाका साथीहरू रहेछन् । उनीहरू एक अर्कालाई भेटेर अति नै खुसी भए ।  सबैजना सँगै बाँच्नलाई समानहरू खोज्न थाले । हरेकले एक एक कामहरू हेरेर गर्न थाले ।  सेरिनाले बच्ने एउटा आशा देखी ।  रात पर्दा ताराहरू राम्रा देखिन्थे ।  सबै त्यही दृश्य हेरेर रमाउँथे र त्यहीँ निदाउँथे ।  सबैलाई याे एउटा नयाँ अनुभव भयो तर धेरै दिनसम्म उनीहरू यसरी बाँच्न सक्दैनथे त्यसैले हरेक दिन सबैले पुरै मिहिनेत गरेर घर बनाउन खोजे । पहिलो पटकमा घर बनेन तर पछि बनाउँदा घर बन्याे ।  घर बनेपछि उनीहरू धेरै खुसी भए । केही दिनपछि सबैजना पुरै टापुभित्रका कुरा खोज्न सहमत भएर पुरै हतियार तयार गरे । उनीहरू टापुभित्रको रहस्य जान्न धेरै इच्छुक थिए । सबै डराएका थिए तर पछाडि सरेनन् ।  त्यो दिनपछि सबैजना जङ्गलतिर लागे । जङ्गल धेरै घना थियो तर कुनै जनावरहरू थिएनन् ।  सबैजना पुरै सतर्क थिए । जब तिनीहरू टापुको बिचको क्षेत्रमा पुगे, त्यहाँ ठुलो र खाली जमिन थियो, अरू केही थिएन । उनीहरूको जिज्ञासा बढ्यो तर त्यो ठाउँका बारेमा उनीहरूले अझै थाहा पाउन सकेनन् । त्यसैले उनीहरू अन्य ठाउँहरू हेर्न गए । जहाँ गए पनि उनीहरू त्यही ठाउँमा पुग्थे । अब उनीहरूलाई डर लग्न सुरु भयो ।  त्यसकाे रहस्या बुझ्न सबै मिलेर त्यो मैदानको बिचतिर लागे । बिस्तारै बिस्तारै नजिक पुग्दा उनीहरूले एउटा सानो मूर्ति पाए तर त्यो मूर्ति नजिक जाँदाखेरि कुहिरोमा हराउँदै गयो । पछि पुरै मूर्ति नै हरायो र उनीहरू बाहिर निस्किए । के भयो ? कसरी भयाे ? केही थाहा थिएन उनीहरूलाई । पछि सबैजना घरतिर लागे । आफ्नो घर पुग्दा उनीहरूको सहयोगका लागि हेलिकप्टरमा मान्छेहरू आए । सेरिना र उसका साथीहरू अति नै खुसी भए । उनीहरूले देखेका कुरा सबै भने । कठिन परिस्थितिमा पनि आफू बाँचेर त्याे ठाउँ पत्ता लगाएकामा उनीहरूलाई सरकारले १ लाखको रकम दियाे । उनीहरू खुसी खुसी गए तर उनीहरूलाई त्यो मूर्तिको रहस्य थाहा पाउन अझै मन थियो तर बाध्यताले घर फर्के ।  उनीहरूले त्यहाँ एउटा डायरी पाए तर खोलेनन् । 

के छ त्यो डायरीभित्र ? के हुन सक्छ ? केही थाहा छैन ! त्यो ठाउँको रहस्य होला र ! किन र कसरी त्यो डायरी त्यहाँ पुग्यो ? कोसैलाई थाहा छैन ।