Logo

Student Corner

ऋषि

Written by: Samrat Nakarmi - 22011, Grade XI

Posted on: 24 February, 2021

धेरै पहिले एक बुद्धिमान ऋषि थिए जो राज्यको बाहिरी इलाकामा बस्ने गर्थे । सबैका समस्यामा सल्लाह दिने, निस्स्वार्थ भएर तिनीहरूलाई ठिक बाटो देखाउने र जिज्ञासाका उत्तरहरू खोज्नेजस्ता कार्यमा मद्दत गर्थे ।

एक दिन एकजना मानिस एक घटनामा आफ्नो सबै सम्पत्ति गुमाएपछि ऋषिलाई खोज्दै आयो र धेरै सम्मानजनक तरिकामा ऋषिसँग सल्लाह माग्याे । सधैँ जस्तै ऋषिले खुसीका साथ त्यस मानिसलाई मद्दत गरे र उसलाई यसो भने, "जङ्गलबाट दाउरा बटुल्नुहोस् किनभने जाडोको लागि मानिसहरूले सकेसम्म धेरै काठ लिने छन् ।" त्याे मानिसले ऋषिलाई धन्यवाद दियाे र बिदा भयाे । 

केही महिनापछि वसन्त आयो र फेरि त्याे मानिस ऋषिसामु आयाे । यस पटक त्याे मानिस थोरै अहङ्कारी भएकाे थियाे, तैपनि ती साधुको लागि सम्मान देखायाे । त्याे मानिस अझ बढी चाहन्थ्याे त्यसैले ऊ ऋषिसँग सल्लाह लिनका लागि आयाे । "जङ्गलबाट आलु जम्मा गर्नुहोस् र ती मानिसहरूलाई बेच्नुहोस्", ऋषिले भने । त्यसपछि त्यो मानिस ऋषिलाई धन्यवाद नभनी बाहिर निस्कियाे । 

ग्रीष्म आइपुगेको थियो र ऋषिले त्याे व्यक्तिलाई जाँच गर्ने निर्णय गरे । त्यसैले उनी उसको पसलमा गए, तैपनि त्यस मानिसले त्यसपटक उनलाई अभिवादन गरेन । अझ उसले ऋषिलाई उनको भत्किएको घरमा जान पनि भन्याे । ऋषिले यसको कुनै वास्ता गरेनन् र उसकाे भण्डारमा आलुको ठुलो पहाडमा देखेपछि त्यस मानिसलाई भने, "तपाईंले यी आलुहरू किनबेच गर्नुपर्दछ र अरू केही अर्कै कुरा खोज्नुहोस् ।" पहिले नै आलुबाट यति धेरै नाफा कमाइसकेकाे व्यक्तिले त्यसो गर्न मानेन र ऋषिलाई धम्की दियाे । त्यसपछि ऋषि चुपचाप आफ्नो घर गए । 

गर्मीको बिचमा त्यो मानिस ऋषिको घरमा रोइरहेको थियो र ऋषिसँग उसले आफूलाई सहयोग गर्न बिन्ती गर्याे । उसले बतायाे कि उसको सबै आलुहरू कुहिन थाले र उसको पसल यति फाेहर भयो कि राजाले त्यसलाई त्यहाँबाट हटाउन लगाए । ऋषिले जवाफ दिए, "लोभको बाटोमा आफूलाई गुमाएकाहरूलाई म मद्दत गर्न सक्दिनँ । जाऊ, फेरि यहाँ फर्केर नआउनू।” त्याे मानिस ऋषिको ढोकाबाहिर रुन थाल्याे तर उसले कुनै उत्तर भेटेन ।