Written by: Binaya Rijal - 22020, Grade XI
Posted on: 15 February, 2021
तिमीले हिँडेका पाइलाहरू
पछ्याउँदै अघि बढ्दै छु,
तिम्रा ती असल ज्ञान
खोज्दै अघि बढ्दै छु ।
अटल भै बाँच्न सिकायौ
परीक्षा गरेर,
अघि बढ्नु छ आज पनि
राम्रो ज्ञान सिकेर |
मलाई पनि देऊ,
तिम्रोजस्तो विद्या,
बुद्धि देऊ मलाई
म पनि राम्रो काम गर्छु,
देशको नाम बढाउनलाई ।
शान्ति ल्याइएकै थियो देशमा
तिम्रो शान्ति छाएको त्यो बेला
आज देश अशान्तिले छायो,
तिमी भए कति सुन्दर हुन्थ्यो होला