Logo

Student Corner

बन्द हड्ताल र यसको आर्थिक प्रभाव

Written by: Spandan Bhattarai - 21127, Grade XII

Posted on: 14 February, 2021

नेपाल बन्द हामीलाई कुनै नयाँ कुरा होइन । सन् १९९० मा बहुदलीय जनवाद स्थापना भएसँगै बन्द हडताल हुन थालेको थियो । नेपाल कम्युनिस्ट पार्टीले आफ्नो असन्तुष्टि जनाउन सुरु गरेको बन्द हडताल आज पनि अभ्यासमा छ । बन्दको बेला धेरैजसो बाटामा गाडीहरू चल्न नदिने, विद्यालयहरू बन्द रहने गर्दछन् । यसले गर्दा देशको आर्थिक अवस्थामा निकै प्रभाव पर्दछ ।

बन्द हडतालको धेरै प्रभाव कम आम्दानी भएका मानिसहरूलाई पर्दछ, जसलाई दैनिक जीविका चलाउन गार्हो पर्दछ । बन्दले गर्दा विद्यार्थीहरूले पनि आफ्नो पढ्ने अधिकार गुमाउनु परेको छ । यसले स्वास्थ्य क्षेत्रमा पनि धेरै समस्या ल्याउँछ किनकि स्वास्थ्य सेवा प्राप्त गर्न चाहने मानिस सवारी साधनको अप्राप्यताका कारण गम्भीर रूपमा प्रभावित हुन्छन् र बिरामीहरूलाई बोकेर अस्पताल लग्न बाध्य हुन्छन् । यसका कारण गर्भवती महिला, घाइते, अपाङ्ग, वृद्ध र कमजोर व्यक्तिहरू बाटामै मर्दछन् ।

जब हडतालहरू केही दिनका लागि लम्बिन्छन्, देशको आर्थिक अवस्थामा ठुलो क्षति पुग्दछ । साना पसलहरूदेखि सेयर बजारहरूसम्मा यसले क्षति पुग्दछ । यसका अतिरिक्त यस्ता बन्द र हडतालले अनिश्चितता र अप्रत्यासितता सिर्जना गरेर लगानीकर्ताहरूलाई निरुत्साहित गर्छन् ।