Logo

Student Corner

सफल हुजु

Written by: Arya Tharu - 22006, Grade XI

Posted on: 11 February, 2021

सफल हुजु असाध्यै मन पराइने मोबाइल खेल पबजी मोबाइलका व्यावसायिक खेलाडी हुन् । त्यति मात्र नभएर सफल हुजु लोकप्रिय नेपाली युट्युबर पनि हुन् । उनी आफ्नो च्यानलमार्फत् मोबाइल खेलहरू प्रत्यक्ष प्रसारण गर्दछन् । उनलाई उनकाे नामले भन्दा पनि प्रशंसकहरूले उनलाई ‘मिस्टर हुजु’ भनेर चिन्ने गर्दछन् । उनी नेपालका एक सबैभन्दा पहिलो इस्पोर्ट्स्‍ खेलाडी हुन् । नेपालमा कतिपयलाई इस्पोर्ट्स्‍ भनेको थाहा नहुँदा उनले आफ्नो देशलाई विश्वमा चिनाउँदै थिए ।

उनलाई बाल्यकालदेखि नै इस्पोर्ट्स्‍मा रूची थियो तर नेपालमा त्यति बेला इस्पोर्ट्स्‍् क्षेत्रमा कसैले केही गर्न नसेकेकोले उनलाई इस्पोर्ट्स्‍लाई नै पेसा बनाउने आँट आएनन । त्यसैले उनी परिवारको लागि केही गर्न अमेरिका गए । उनले त्यहाँ विभिन्न काम गरे । उनलाई सङ्गीतमा रूची भए पनि उनले सङ्गीत क्षेत्रमा केही पनि सफलता हासिल गर्न सकेनन् । उनको जीवन सहजै चलिरहेको थियाे तर एक दिन अमेरिकामा उनी ठुलो गाडी दुर्घटनामा परे त्यसै कारण उनले कुनै पनि काम गर्न सकेनन् । उनको सबै बचत घरभाडा तथा खानामा सकियाे । उनलाई उनको परिवारले आफ्नो देश बोलाए तर उनी नेपाल हरुवा बनेर आउन चाहँदैनथे । त्यही समयमा चर्चित भएको अनलाइन खेल पबजी उनले खेल्न थाले । उनले पहिलो चोटि गेम खेल्दा त्यति मन पराएनन् तर अरू काम नभएका कारण उनले त्यही खेल खेल्न थाले ।उनले आफ्नै दाजुभाइलाई राखेर एउटा टाेली बनाए । उनले त्यही टाेली लिएर पबजी आधिकारिक च्याम्पियनसिप खेले । उनकाे टाेली अन्डरडग भए तापनि उनीहरूले असाध्यै राम्रो प्रदर्शन गरे ।

उनीहरूको त्यो प्रर्दशनले नेपालीहरूलाई इस्पोर्ट्स्‍् क्षेत्रमा पनि केही गर्न सकिन्छ भन्ने प्रेरणा प्राप्त भयो । उनको कारण नेपालमा पनि खेल खेलेर नै नाम र दाम दुवै कमाउन सकिन्छ भन्ने कुरा धेरै मानिसहरूले थाहा पाए । अहिलेको समयमा हेर्ने हो भने नेपालका कति उत्कृष्ट टाेलीहरू विश्वका प्रख्यात टाेलीहरूसँग प्रतिस्पर्धा गर्दै आइरहेका छन् र राम्रो नतिजा ल्याइरहेका छन् । मेरो विचारमा अहिले नेपाली इस्पोर्ट्स्‍मा जे गर्न सकिएको छ, त्यसको बाटो सफल हुजुले खनेका हुन् ।