Logo

Student Corner

पबजी मोबाइलः अहिलेको लाेकप्रिय खेल

Written by: Subesh Tharu - 22013, Grade XI

Posted on: 10 February, 2021

पबजी अर्थात प्लेयर अननोनस् ब्याटलग्राउन्ड्स् एउटा अनलाइन मल्टिप्लेयर ब्याटल रोयल खेल हो जसलाई दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लुहोलले विकसित तथा प्रकाशित गरेको हो । यो खेल डिसेम्बर २०, २०१७ मा पहिलाे पटक रिलिज गरिएको थियो । यो खेल रिलिज हुनासाथ यसले बजारमा तहल्का मचाएको थियो । यो खेलले खेलाडीहरूबाट निकै सकारात्मक समीक्षा प्राप्त गर्यो जसले गर्दा यो बजारमा अझ चर्चित हुन पुग्यो । अहिले यो खेल विश्वको सबैभन्दा चर्चित तथा लाेकप्रिय अनलाइन खेल हो जुन १०० भन्दा बढी देशका मानिसहरूले खेल्ने गर्छन् ।

पबजी एक खेलाडीले अर्को विराेधी खेलाडी मार्ने खेल हो, जहाँ एक सयजना खेलाडीहरू एउटा लडाइँ रोयलमा लडेर अन्तिमसम्म रहन सङ्घर्ष गर्छन् र जो खेलाडी वा खेलाडीको टाेली अन्तिमसम्म रहन्छ त्यही खेलाडी वा खेलाडीको टाेलीले त्यो खेल जित्दछ । याे खेल खेल्दा हामी हाम्रो टाेलीका सदस्यसँग पनि कुरा तथा छलफल गर्न सक्छाैँ । यस खेलमा पाँचवटा नक्सा छन् र यी सबै एकअर्काभन्दा छुट्टै छन् । खेलमा अरू मोड तथा सोलो, डुवो वा इस्क्वाड पनि खेल्न मिल्छ । यसको ग्राफिक्स पनि राम्रो छ र हामी आफूलाई चाहिएअनुसारको ग्राफिक्स र सेटिङ्ग मिलाउन सक्छाैँ । खेलाडीहरूले पहिलो व्यक्ति वा तेस्रो व्यक्तिको परिप्रेक्षबाट खेल्न पनि सक्छन् । यसमा हरेक दुई महिनामा अर्को नयाँ सिजन आउँछ र खेलाडीहरूले सकेसम्म ट्रफी बढाएर माथिसम्म पुग्नुपर्ने हुन्छ । यस खेलमा जसकाे केडी र कौशल धेरै हुन्छ त्यसलाई राम्रो खेलाडी मानिन्छ । आजभोलि यो खेलका निम्ति विभिन्न टुर्नामेन्टहरू गराइन्छन् जसमा विभिन्न देशका टाेलीहरूलाई खेल्न आमन्त्रित गरिन्छ । उनीहरूले नाम र दाम दुवै कमाउँछन् । यस्तै नेपालका चर्चित टिमहरू एलिमेन्ट्रिक्स्, एएस्एल् आदि हुन् । 

पबजी मोबाइल एउटा लोकप्रिय र सबैभन्दा बढी खेलिने मल्टिप्लेयर खेल हो । यसलाई अजभाेलि धेरैजनाले खेल्ने गर्छन् । बच्चाहरूले धेरै खेल नखेलुन् भनेर यसले खेलमै ६ घण्टाभन्दा बढी खेल्यो भने नखेल्नू भनेर सूचना पठाउँछ । यसमा के नराम्रो छ भने यसले धरै ठाउँ र जी. बी. लिन्छ तर पनि यो धेरै मानिसको प्रिय खेल हो ।