Logo

Student Corner

राम र उसको अनुचित यात्रा

Written by: Samyam Shrestha - 22012, Grade XI

Posted on: 09 February, 2021

एकादेशमा राम भनने एउटा सानो मान्छे थियो । उसको धेरै कुरा गर्ने इच्छा थियो तर उसको आफ्नो उचाइले गर्दा उसले केही गर्न सकेन । उसको धेरै दुखी थियो । ऊ दिनदिनै रुँदै बस्थ्यो, याे सोच्दै कि "किन मलाई नै यस्तो हुनुपर्थ्यो ? किन म ?? किन यस्तो हुनु परेकाे मलाई नै ?" तर उसले भन्यो, "जस्तो भए पनि जे भए पनि म आफ्ना सबै इच्छा पुरा गर्छु । म यत्तिकै हार मान्दिनँ ।  म जस्तो भए पनि गर्छु । प्रयास नगरेसम्म केही थाहा हुँदैन, त्यसैले म ज भए पनि गर्छु ।" 

 

उसलाई एउटा सफल मान्छे बन्नु थियो । उसको इच्छा  एउटा पाइलट बन्नु थियो । उसलाई बच्चादेखि नै हेलिकप्टर उडाउने इच्छा थियो तर उसको पाइलट बन्ने परीक्षामा उसको उचाइले गर्दा उसलाई लिइएन । ऊ धेरै निरास थियो तर उसले केही गर्न सकेन । उसले सोच्यो, "ल, मेरो जिन्दगी सकियाे, अब म के गर्न सक्छु ?  मेरो सपना यत्तिकै सिद्धियो ।" यस्तै कुराहरू साेच्दै ऊ निरास बन्याे तर बच्चामा उसले सोचेको जस्तो फेरि उसले त्यो कुरा याद गरेर अगाडि बढ्छु भनेर फेरि मिहिनेत गर्न थाल्यो । उसले दिनदिनै धेरै मिहिनेत गर्यो । उसले सबै फेरि सिक्यो र अभ्यास गर्यो ।  उसले आफ्नो उचाइ बढाउन खोज्यो तर केही उसकाे केही सिप लागेन, उसको उचाइ बढेन ।  तर ऊ फेरि परीक्षा दिन गयो । उसलाई फेरि परीक्षा दिलाउन सुरुमा काेही मानेनन् तर उसको पाइलट बन्ने दृढ सङ्कल्प देखेर त्यहाँका पदाधिकारीहरूले अन्त्यमा उसलाई परीक्षामा सहभागी गराए ।  सबैजना ऊजस्तै मिहिनेती बन्न मन गर्थे र धेरैले उसले मिहिनेत गरेको देखेर उसलाई सहयोग पनि गर्थे । 

 

३ वर्ष भइसक्दा पनि उसको दृढ सङ्कल्प घटेन । उसले धेरै प्रयास गर्यो तर पनि उसलाई सफलता मिलेन । ऊ धेरै निरास र शक्तिहीन भयो । जे गरे पनि मेरो मिहिनेतले काम गरेन,  जति गरे पनि सबै अन्तिममा बेकार भयो भन्ने साेचेर उसलाई यस संसारमा जिउन मन लागेन र अन्तिममा उसले यो संसार छोडेर गयो । 

 

जीवनमा जति गरे पनि आफ्नो सीमा हुन्छ ।  कुनै पनि मान्छेले त्यो सीमा पार गर्न धेरै मिहिनेत गर्नुपर्छ तर जति गरे पनि त्यो सीमा पार गर्न सकिएन भने चरम निराशामा मान्छेकाे जीवन बित्छ । त्यसैले हामीले जे गरे पनि समयसँगै चल्नुपर्छ र समस्यादेखि कहिल्यै हार मान्नुहुन्न नत्र जीवनमा धेरै पछुतो हुन्छ अथवा पछुताउनका लागि जीवन नै बाँकी नरहन पनि सक्छ ।