Logo

Student Corner

आखिर यो समाजमा भिन्नता बनाइयो किन ?

Written by: Adhit Upadhyay - 22003, Grade XI

Posted on: 07 February, 2021

यो समाजमा भिन्नता बनाइयो किन ?

यहाँ बुबाको पहिचान लुकाइयो किन ?

आमाको मात्र गुनगान यो समाजमा गाइयो किन ?

मेहनती बुबाको प्ररिश्रम भुलाइयो किन ?

 

आमा धर्ती हुन् भने बुबा पनि आकाशभन्दा कम छैनन् । 

तिम्रो दुखमा आमा रुन्छिन् भने बुबाको आँखाबाट आँसु नआएको होइन । 

यो समाजमा आमाको मात्र गुनगान गाइयो किन ?

यहाँ बुबाको माया भुलाइयो किन ?

 

आखिर आमा र बुबाको माया उस्तै हो 

मायामा कमी देखाइयो किन ?

बुबाको महत्त्व लुकाइयो किन ?

आमा र बुबामा ओहोदा बनाइयो किन ?

मायामा कमी देखाइयो किन ?