Logo

Student Corner

चिसो मन

Written by: Nirdesh Jung Pandey - 21114, Grade XII

Posted on: 03 February, 2021

त्यो धोका किन गर्छौ ? यो अर्काको मन साह्रै टुट्छ ।   

मन भारी भएको छ, तिम्रै चिसो मनद्वारा, 

आँखाभरि आँसु, हृदयमा काँडैकाँडा ।  

"यो आँखाले तिमीलाई खोज्छ",

असम्भव ! तिम्रो बोली पक्का भएन, प्रिय !  

निर्घिनी कर्म गरेर के शान्ति पाउँछौ ? हैन,

मेरो आत्माले तिम्रो के बिगारेको छ ?  

तिमी भन्छौ, "गल्ती मेरो हो !" के त्यो पश्चाताप मनबाट छ  ?  

पश्चाताप छैन भने बिन्ती माफी पनि नमाग,

तिम्रो कर्तुतले सिस्नाेले झैँ भतभत पोलिरा’छ ।   

भयो भयो पुग्यो ! तिम्रो चिसो मन न्यानो हुन सक्दैन,

यो हृदय साह्रै रुन्छ अझै  त्यो अहङ्कारको ज्वालामा ।