Logo

Student Corner

तिम्रो आन्तिम बिदाइ

Written by: Anukrama Paudel - 22031, Grade XI

Posted on: 02 February, 2021

रातो वस्त्र पहिराई 

बिदाइ गरेँ तिम्रो 

शव वाहनमा राखी

शिव समीपमा लिइगएँ,

बिन्ती बिसाई शिवमा

मुक्तिको कामना गरेँ ।

 

समिधाको बन्यो शय्या

समिधाकै सिरानी भाे 

त्यसमा परिक्रमासाथ

पुत्रले दीपदान गरे ।

 

रोएँ म अश्रुका धारा

बहाई प्रेम भावले

सम्झिएँ तिमी फर्कन्नौ

बुझाई मन कठोरसँग

प्रिय ! तिम्रो हओस् वास

वैकुण्ठ प्रभुपाउमा

पुनर्जन्म नहोस् तिम्रो

यो मानव कुलमा

यही नै भावका साथ

श्रदाञ्जली, तिलाञ्जली

अब अर्पन्छु गङ्गाजल

सधैँ तृप्त हुने गरी ।