Logo

Student Corner

निल आर्मस्ट्रङ

Written by: Aashrab Khanal - 22001, Grade XI

Posted on: 01 February, 2021

निल आर्मस्ट्रङलाई  संसारभरिमा चन्द्रमाको सतहमा ओर्लने पहिलो मानिसको रूपमा चिनिन्छ । २० जुलाई १९६९ को दिन निल आर्मस्ट्रङ चन्द्रमामा अवतरण गर्ने सर्वप्रथम मानव बने । 

अन्तरिक्ष अभियानको सुरुवात रुसको स्पुतनिक उपग्रहको प्रक्षेपणपछि भएको थियो । त्यो बेलाका विश्व महाशक्तिहरू विशेष गरेर अमेरिका र रुसबिच अन्तरिक्ष दौड सुरु भयो । कसले सबैभन्दा पहिले एउटा मानवलाई चन्द्रमामा पुर्याउने भनेर घमासान प्रतिस्पर्धा हुन थाल्यो । सन् १९६१ मा चन्द्रमामा पुग्न आफ्नो एउटा ‘अपोलो’ नामक अन्तरिक्ष यानको योजना सुरु गरेको थियो । यो योजनामा धेरै पटक गम्भीर धक्का आई परे पनि अमेरिकाले अन्तिममा गएर रुसभन्दा पहिले

चन्द्रमामा अन्तरिक्ष यात्रीहरूलाई अवतरण गर्यो । आर्मस्ट्रङले आफ्नो पाइला  चन्द्रमाको सतहमा राख्ने बेला आफ्नो प्रसिद्ध पङ्क्ति भनेका थिए । आर्मस्ट्रङसँग बज अलड्रिन पनि चन्द्रमाको सतहमा ओर्लेका थिए । 


निल आर्मस्ट्रङ आज मानव जातिको सबैभन्दा ठुलो उपलब्धिको प्रतीक भएका छन् ।