Logo

Student Corner

शारदा...

Written by: Anukrama Paudel - 22031, Grade XI

Posted on: 26 January, 2021

शारदा नाम थियाे तिम्रो

निरक्षर तिमी थियौ,

विवाह भयो हाम्रो

प्रेम त्यो कस्सिँदै गयो ।

पुत्र पुत्री तिनै जन्मे 

एक थियाे, पहिलै गयो,

बाँकी सन्तानको साथ 

बाउन्न वर्ष सँगै भयौँ,

अन्त्यमा थियाे कडा रोग 

अबुर्दले ज्यान घात भो,

त्यो गाँठो प्रेमको बन्धन 

त्यो क्षण जिन्दगी मेरो

सहन कठिन भयो ।