Logo

Student Corner

बाध्यता

Written by: Kajal Bastakoti - 21108, Grade XII

Posted on: 25 January, 2021

सानो हुँदा ऊ ज्ञानी थियो, 

नराम्रो गर्दैनथ्यो उसले कसैलाई, 

मतलब छैन उसलाई अब  

ऊ त स्वार्थी भएछ ।।

 

आफ्नो मात्र भलो चाहने, 

मतलब छैन उसलाई अब 

स्वार्थ नै उसकाे प्राथमिकता भएछ, 

ऊ त मतलबी भएछ ।। 

 

उसले सिकेको नै त्यही थियो, 

त्यो उसकाे बाध्यता बन्न पुग्यो, 

यस्तै भनी उसले आफ्नो बाटो बदल्यो, 

र यसका लागि पनि उसले बाध्यतालाई दोष दियो ।