Logo

Student Corner

स्पिड चेस च्याम्पियनसिप - २०२०

Written by: Apurba Adhikari - 22005, Grade XI

Posted on: 20 January, 2021

स्पिड चेस च्याम्पियनसिप २०२० एक १६ खेलाडीबिचकाे चेस प्रतियोगिता हो जुन नोभेम्बर १ देखि डिसेम्बर १२, २०२० सम्म आयोजित भयो । यसकाे फाइनल डिसेम्बर १२ मा भएको थियो । आठ खेलाडीहरूलाई सिधा टुर्नामेन्टमा आमन्त्रित गरिएको थियो जब कि अन्य आठलाई नकआउट योग्यता प्रणालीद्वारा चयन गरिएको थियो ।

एक खेल पूर्ण रूपमा ३ घण्टाको थियो । त्यो तीन घण्टामा अन्य ५ मिनेटदेखि १ मिनेटसम्मको खेल भएको थियो । सबै खेलमा धेरै मात्रामा जित्ने खेलडीलाई विजेता मानिन्छ । फाइनल ग्रान्डमास्टर हिकारु नाकामुरा र ग्रान्डमास्टर म्याक्सिम भ्याचियर-लग्राभबिच गरिएको थियो । ग्रान्डमास्टर नाकामुराले ग्रान्डमास्टर म्याक्सिमलाई हराएर स्पिड चेस च्याम्पियनसिप २०२० जिते । हालको विश्व चेस च्याम्पियन ग्रान्डमास्टर म्याग्नस कार्लसेनलाई सेमिफाइनलमा ग्रान्डमास्टर म्याक्सिमले पराजित गरे । त्यसै गरी ग्रान्डमास्टर नाकामुराले ग्रान्डमास्टर वेस्लेविरुद्ध सेमिफाइनल जितेर फाइनलमा पुगे । दुवै सेमिफानल्स् खेलहरू रमाइला थिए । ती दुवै खेलहरू खेलडीहरूका लागि जित हारबाट नजिक थिए ।  

मैले चाहिँ सेमिफानल्स्का दुवै खेलहरू एकदमै रमाइला पाएँ । फानल्स्मा दुवै खेलाडीहरूले राम्रो प्रदर्शन देखाए । ती सबै खेल मनोरञ्जनपूर्ण थिए । मैले चाहिँ ग्रान्डमास्टर कारल्सोन र ग्रान्डमास्टर हिकरुबिचमा फाइनल खेल हुने अपेक्षा गरेको थिएँ ।