Logo

Student Corner

रामको डायरी

Written by: Samyam Shrestha - 22012, Grade XI

Posted on: 18 January, 2021

रामसरन एउटा कुरा प्रत्येक ठाउँमा खोज्न जान्थ्याे । ऊ एउटा हरियो ढुङ्गाको खोजी गर्दै थियो । त्यो ढुङ्गा अति नै महत्त्वपूर्ण थियो । त्यो ढुङ्गामा १ देखि ७ सम्मका अङ्क हुन्थे । यी सबै ढुङ्गा मिलाएर राख्यो भने एउटा जनावरले उसको जस्तो पनि इच्छा पुरा गर्न सक्थ्यो । त्यो धेरै महत्त्वपूर्ण ढुङ्गो भएकाले ऊ त्यसकाे खोजीमा निस्कियो । 

धेरै दिनको खोजीपछि पनि उसले केही कुरा भेटेन । उसलाई रिस उठेको थियो तर उसले हार मानेन । ऊ अझै उक्त ढुङ्गाकाे खोजीमा लगिरह्याे । केही दिनपछि उसले एउटा गुफा देख्यो । उसले थाहा पाएअनुसार त्यो ढुङ्गा त्यहीँ हुनुपर्थ्यो । उसले त्यो गुफामा अनुसन्धान सुरु गर्यो । त्यो गुफा धेरै सानो थियो । त्यहाँ खोज्न अति नै गारो हुन्थ्यो तर उसको अनुभवले गर्दा उसलाई सजिलो लागेको थियो । गुफा धेरै गहिरो थियो । त्यहाँ बत्ती बाल्न पनि धेरै ठाउँ थिएन । ऊ गुफाको धेरै गहिराइमा पुग्यो अनि थाेरै प्रकाश देख्यो । ऊ हतार हतार त्यो किरणतिर लग्यो । त्यहाँ अर्को ठुलो ठाउँ थियो । धेरै वर्ष साहस गरे पनि उसले यो ठाउँको बारेमा धेरै जानकारी हासिल गर्न सकेकाे थिएन । त्यहाँ उसले जिन्दगीमा नदेखेका कुराहरू देख्यो । उसलाई डर पनि लाग्दै थियो तर नयाँ कुराकाे खोजी गरेकोमा ऊ अत्यन्त खुसी थियो । 

उसले त्यहीँ नजिक एउटा शिविर राख्यो । त्यहाँको पानी र हावा अति सफा थियो ।  उसलाई त्यो ठाउँ नयाँ संसार जस्तै लागेको थियो तर त्यो ठाउँ नजिक उसले केही भेटेन ।  उसको मुख्य उद्देश्य ती ढुङ्गाहरू खोज्नु थियो तर त्यो ठाउँ धेरै सुन्दर लागेकाले उसले ढुङ्गा खोज्ने प्रक्रिया रोक्यो र त्यो ठाउँका बारेमा खोज गर्न सुरु गर्यो । उसले कसैलाई पनि खबर गर्न सक्दैनथ्याे किनभने त्यो ठाउँमा इन्टरनेट चल्दैनथ्यो । ऊ एक्लै खोजी गर्न लाग्यो । केही समयपछि रात परिसकेको थियो र ऊ आफ्नो सामान राखेको ठाउँतिर लाग्यो र खाने कुराकाे प्रबन्ध गर्यो अनि आफ्नो डायरी लेखेर सुत्यो ।