Logo

Student Corner

घमण्ड

Written by: Adhit Upadhyay - 22003, Grade XI

Posted on: 17 January, 2021

घमण्ड नगर, प्रिय !

तिमी भन्छौ, 

तिमी ट्याक्सीबिना हिँड्न सक्दैनौ,

त्यो सानो होटेलमा छिर्न सक्दैनौ,

कफी खान्छौ, चिया खान सक्दैनौ,

गरिबदेखि एलर्जी छ, भिडमा बस्नै सक्दैनौ ।

 

घमण्ड नगर, प्रिय !

तिम्रो त्यो आई फाेन पनि एक दिन पुरानो हुन्छ,

तिमीले लगाएको म्याकको लिपिस्टिकले नि बिगार गर्छ ।

 

नहेप ती गरिबलाई,

छि ! भनी फालेको झुसिल किरा पनि एक दिन

पुतली बनी उड्छ ।

 

घमण्ड नगर, प्रिय !

छि ! भनी फालेको झुसिल किरा पनि एक दिन

पुतली बनी उड्छ ।