Logo

Student Corner

कोरोनाकाे तनाव

Written by: Diya shrestha - 22032, Grade XI

Posted on: 12 January, 2021

चिनकाे उहानबाट सुरु भएको काेराेना भाइरस अहिले विश्वभरि नै फैलिएको छ । यो भाइरसकाे कुनै पनि औषधी बनेको छैन तर विभिन्न अनुसन्धानहरू भइरहेका छन् । यसै गरी हाम्रो देश नेपालमा पनि दिन प्रतिदिन भाइरसको सङ्क्रमण बढ्दै जाँदा कति मनिसको ज्यान पनि गएको छ । नेपाल सरकारले यसको रोकथाम र नियन्त्रणका लागि लकडाउन गरेकाे थियोे तर अहिले लकडाउन नभए पनि कोराेनाको प्रभाव अझ छ । 

 कार्यालयहरू पूर्ण रूपमा सञ्चालन भए पनि विद्यालयहरू पूर्ण रूपमा सञ्चालन भएका छैनन् जसले गर्दा धेरै विद्यार्थीहरूको पढाइमा असर पुगेको छ । लकडाउनको अवस्थामा विद्यालयहरूले अनलाइन शिक्षा दिन प्रयास गर्दै थिए र छन् । नेपाल एक विकासाेन्मुख देश भएकाले विकट ठाँउहरूका विद्यार्थीहरूले इन्टरनेट र टेलिभिजनमार्फत् पनि पढ्न पाइरहेका छैनन् जसले गर्दा विद्यालय सञ्चालन गर्न सञ्चालकहरू वाध्य भएका हुन् । जसको आर्थिक स्थिति कमजोर छ, उसलाई यो अवस्थामा अझ चुनौती थपिएको छ । कति मनिस यो भइरसका कारण खान नपाएर मरेका पनि छन् । पहिले उनीहरू बिहान खाना खाएर काममा जान्थे भने अहिले प्राय: घरमै बस्नु परेको छ । घरमै बस्नुपर्ने अवस्था भएकालेे डिप्रेसनको प्रभाव बढ्दै गएको छ । वृद्ध भएका मानिसहरूलाई पनि केही परेमा अस्पताल जान समस्या परिरहेको छ । गर्भवती महिलाहरूले नियमित स्वास्थ्य जाँच गर्न जानलाई पनि सास्ती भोग्नु पर्ने भएको छ । 

 लकडाउन खुले पनि हरेक मानिसभित्र अझै पनि डर कायमै छ किनभने हालसम्म पूर्ण रूपमा कोरोनाको अन्त्य भएको छैन । कुनै कुनै देशहरूमा अझ पनि लकडाउन खोलिएको छैन, त्यसैले सबै जनाले सवधान भएर जीवन चलाउनुपर्छ ।