Logo

Student Corner

कोठाभित्रको रमाइलोपना

Written by: Aashraya Banskota - 21104, Grade XII

Posted on: 10 January, 2021

कोठाबाहिर गएपछि आएर तिमीलाई सम्झिन्छु,                                                                                           

निद्रा लाग्दा तिम्रो न्यानोपना सम्झिन्छु,

केही कार्य गर्न शान्त वातावरण तिमीनेरै पाउँदछु

ए कोठा ! तिमी कस्तो राम्रो ।

 

झगडा हुँदा तिमीनिर आउँदछु,

हाँस्न मन लाग्दा तिम्रै छेउ आउँदछु,

राती चलचित्र हेर्दा तिमी उद्धारकर्ता बन्दिन्छौ,

केही खान मन लागे तिमी मलाई लुकाउँदछौ,

ए कोठा ! तिमी कस्तो राम्रो ।

 

बाहिर हेर्न मन लाग्दा तिमी राम्रो दृश्य देखाउँछौ,

बाहिर चर्को घाम लाग्दा तिमी पर्दाको भागले मलाई बचाउँछाै,

बिजुली चम्कँदा मलाई सुरक्षित पार्दछौ,

घरको एक भाग भए पनि तिमी नै मलाई धेरै याद आउँछौ,

ए कोठा ! तिमी कस्तो राम्रो ।

 

समय बित्दै जान्छ,

मौसम बदलिँदै जान्छ,

साथी छुट्दै जान्छ,

तिमी मेरो साथ दिई त्यहीँको त्यहीँ हुन्छौ,

ए कोठा ! तिमी कस्तो राम्रो ।

 

बाहिर जाँदा मज्जा लाग्छ,

नयाँ ठाउँको कोठा राम्रै लाग्छ,

तर तिमीमा भएको रमाइलोपना ?

नामः आश्रया बास्‍ँकोटा