Logo

Student Corner

आँधी थामिँदैन...

Written by: Anukrama Paudel - 2022031, Grade XI

Posted on: 31 December, 2020

स्वर्गजस्तो देश मेरो नरक नै भएछ,

दया, धर्म, न्याय, निसाफ सबै नै गएछ ।

माया अब कसका लागि कसले गर्ने ?

आखिरीमा सिधासाधा जनता नै मर्ने ।

 

हिजो पनि मर्ने यहाँ जनता नै थियो,

आज पनि मर्ने यहाँ जनता नै भयो ।

गरिबले रुन पनिआँसु पाउँदैन, 

हाँसू भने खान, बस्न, गाँस, वास छैन ।

 

पाप अनि अपराध मात्र चल्यो चारैतिर, 

अन्यायको जन्जिरले बाँधिने छ पिर ।

सोच्न सके सोच अझै बेला बाँकी नै छ, 

कि त भोलि पनि यस्तै टोलाउनु नै छ ?

 

देश तिम्रो खेलौनाको गोटी हुँदै होइन,

जनता हो आँधी बुझ, आँधी थमिँदैन ।