Logo

Student Corner

नेपालका विशेषताहरू

Written by: Diya Shrestha - 2022032, Grade XI

Posted on: 30 December, 2020

नेपालको मानचित्र सानो देखिए पनि नेपालका सांस्कृतिक र प्राकृतिक सौर्न्दर्यहरू धेरै छन् । नेपालको उत्तरतर्फ चीन र पश्चिम, पूर्व, दक्षिणतर्फ भारतले घेरिएको छ ।

नेपालमा संसारभरिको सर्वोच्च हिमाल सगरमाथा छ । साथसाथै अरू हिमाल जस्तै कन्चन्जङ्घा, लोत्से, अन्नपूर्णलगायतका हिमाल पनि यहाँ रहेका छन् । नेपाल देशलाई हिमालय पर्वतकाे देश भनेर पनि चिनिन्छ । यहाँ खनिज पदर्थको पनि खानी रहेको छ । हिमालयबाट बगेको अटुट पानीले ४२००० मेगावाट बिजुली उत्पादन गर्ने क्षमता राख्दछ । तराईदेखि हिमालसम्मको छाेटाे यत्रामा पनि विभिन्न दृश्य, जडिबुटी तथा जनावरहरू देख्न पाइने ठाउँ हाे याे । यहाँका मानिसहरूका आआफ्नै संस्कृति र भाषा रहेका छन् । यहाँ तराईदेखि हिमालसम्म राई, लिम्बू, थारू, नेवार लगायतका विभिन्न संस्कृतिका मनिसको बसोबास छ । यहाँ पशुपतिनाथ, गुह्यश्वरी, स्वयम्भूजस्ता पवित्र धार्मिक स्थलहरू पनि रहेका छन् । यहाँ पाइने असङ्ख्य जडीबुटीले ओखती बनाएर विविध राेगबाट ग्रसित राेगीहरूकाे उपचार पनि गर्न मिल्छ ।

नेपालका यिनै विशेषताले गर्दा पर्यटकहरू नेपाल घुम्न आउँछन् जसले गर्दा देशलाई आर्थिक रूपमा सहयोग हुन्छ । त्यसैले यी सबै कुराहरूकाे संरक्षण गर्नु हरेक नेपालीको कर्तव्य हो ।