Logo

Student Corner

फुल्स डे

Written by: Aashrab Khanal - 2022001, Grade XI

Posted on: 29 December, 2020

संसारमा धेरै चलन र रीतिरिवाजहरू छन् तर धेरै कम चलनहरू संसारभरिका मानिसहरूले मनाउने गर्छन् । यिनै चलनहरूमध्ये अप्रिल १ मा मनाइने फुल्स डे पनि पर्दछ । 

अप्रिल १ लाई  फुल्स डेका रूपमा मनाउने चलन फ्रान्सबाट सुरु भएको थियो । अहिले युरोप र पश्चिमी विश्वमा नयाँ वर्ष जनवरी १ मा मनाइन्छ तर १८ औँ शताब्दीमा फ्रान्स र अरू देशहरूमा अप्रिल १ लाई नयाँ वर्षका रूपमा मनाउने गरिन्थो । तर समय परिवर्तन हुँदै जाँदा फ्रान्समा पात्रो प्रणालीमा परिवर्तन आयो । नयाँ पात्रोअनुसार नयाँ वर्ष जनवरी १ मा मनाउनुपर्ने भयो । धेरै मानिसहरूले नयाँ पात्रोलाई मान्न थाले । तर नयाँ पात्रो नअपनाउने पनि धेरै मानिसहरू थिए । त्यस्ता व्यक्तिहरू नयाँ वर्ष अप्रिलको पहिलो दिन नै मानिरहेका थिए । ती मानिसहरूलाई मुर्ख भनी उनीहरूप्रति उपहास देखाउन धेरै व्यक्तिहरूले पहिलो अप्रिलको दिन ठट्टा गर्ने र एकअर्कालाई झुटो उपहार दिने चलन सुरु गरे । 

यसरी आज पनि हामी वास्तविकता बुझेर वा नबुझेरै पनि अप्रिल १ लाई फुल्स डेका रूपमा मनाउँछौँ ।