Logo

Student Corner

नेपालमा खेलकुदको अवस्था

Written by: Adhit Upadhyay - 22003, Grade XI

Posted on: 28 December, 2020

खेलकुदले मान्छेको शारीरिक तथा मानसिक विकास गर्दछ । बच्चादेखि बुढासम्म सबैलाई खेलकुद उत्तिकै महत्त्वपूर्ण कुरा हो । पढाइ जति महत्त्वपूर्ण छ, खेलकुद पनि त्यति नै महत्त्वपूर्ण कुरा हो । मान्छे पढाइबाट जति अब्बल भइरहेका छन्, त्यति नै मात्र खेलकुदबाट पनि अघि बढिरहेका छन् । 

हाम्रो देश नेपालमा भने खेलकुदको केही महत्त्व नै छैन । एकातिर एउटा चर्चित राष्ट्रिय खेलाडी छ, उससँग उसलाई चाहिने सम्पूर्ण कुराहरू छन् र अर्कातिर एउटा साधारण सरकारी जागिरे छ भने हाम्रो समाजले सरकारी जागिरेलाई महान् देख्ने र खेलाडीलाई नकारात्मक दृष्टिले हेर्ने गर्दछ । अन्य देशको खेल हुँदा त्यो देशका मानिसहरूभन्दा बढी नेपालीहरू नै मक्ख पर्छन् । यो टाेलीले जित्छ भन्दै बाजी लगाउँछन् तर तिनै मानिसहरूको कुनै आफन्तले म नेपालका लागि खेल्न चाहन्छु भन्दा उनीहरू उसलाई होच्याउँछन्, खेल्नुभन्दा बरु पढ्नु नि भन्ने गर्दछन् । नेपालमा खेलकुदको वातावरण नै छैन । राम्रा राम्रा खेलाडीहरूले देशमा खेल्ने अवसर नपाएको कारणले गर्दा बिदेसिनु परेको छ । नेपाली महिला बास्केटबल टाेलीकी एक खेलाडीको खुट्टा राष्ट्रिय खेल खेल्दा भाँचिएको थियो तर उनको उपचारका लागि देशले केही पनि मद्दत गरेन । चाहेर पनि उनले देशका लागि खेल्न पाइनन् । 

हाम्रो देश नेपालमा खेलाडीका लागि सुविधा हुने हो भने हाम्रो देश पनि अघि बढ्ने छ तर अहिलेको स्थितिमा नेपालमा खेलेर बाँच्न सक्ने अवस्था नै छैन । आफ्नो देशलाई अगाडि बढाउने सोचमा रहेका खेलाडीहरूले बाध्य भएर छिमेकी देशका लागि खेल्नुपरिरहेको छ ।