Logo

Student Corner

अनलाइन शिक्षा

Written by: Samrat Nakarmi - 22011, Grade XI

Posted on: 27 December, 2020

कोरोना भाइरसका कारण अहिले संसारभरि डर फैलिएको छ । पसलहरू, कलकारखाना, व्यवसाय सबै अस्तव्यस्त छन् । धेरै देशहरूमा लकडाउन पनि भयाे । त्यसै गरी शैक्षिक संस्थाहरू पनि बन्द गरिए । विद्यालयहरू बन्द छन् र विद्यार्थीहरू स्कुल र कलेज नगएकाे पनि धेरै भइसकेको छ । तर अहिलेकाे युग आधुनिक युग हो जहाँ प्रविधि तथा इन्टरनेटको सुविधा छ । यही प्रविधिका कारण विद्यार्थीहरूकाे पढाइ अनलाइन शिक्षाद्वारा भइरहेको छ ।

हालको यस्तो गम्भीर समयमा अनलाइन शिक्षाले धेरैभन्दा धेरै सहयोग पुर्‍याएको छ । पढ्न नपाएका विद्यार्थीहरूले इन्टरनेटद्वारा पढ्न सक्छन् । कोर्सेराजस्ता मञ्चहरूबाट विद्यार्थीहरूले आफैँ अध्ययन अगाडि बढाउन साक्छन् । त्यति मात्र नभएर "जुम" वा "गुगल मिट" जस्ता सुविधाले त स्कुल आफैँले पढाउने भने पनि मिल्छ । यसले गरेर अनलाइन शिक्षाको महत्त्व धेरै बढेको छ । 

युवाहरूकाे भविष्य बचाउन सक्ने क्षमता अनलाइन शिक्षासँग छ । त्यसकारण छिटोभन्दा छिटो सबै विद्यालयले यस अनलाइन शिक्षाको उपयोग गरेमा विद्यार्थीहरूको जीवन सजिलो र भविष्य उज्ज्वल हुन सक्छ ।