Logo

Student Corner

सपना

Written by: Utkrist mani Neupane - 21133, Grade XII

Posted on: 24 December, 2020

सपनाको सहर बनाउँदै हिँडेको मजदुर म 

लक्ष्यको महल सजाउँदै गरेको डकर्मी म 

सुन्दा हाँस्छन् दुनियाँ, त्यस्तो सपना देख्छु म 

पहाडै फोड्न सक्छु आफ्नो लक्ष्य भेट्न म ।

 

सपनाको भण्डार खोल्न थालेछु 

शारीरिक थकान मैले सारा फालेछु

 समय परिस्थितिअनुरूप आफूलाई ढालेछु 

सपना पुरा गर्न पाइला अगाडि चालेछु । 

 

संसारको सारा खुसी अनुभव गर्ने छु 

विश्वका अमर व्यक्तिमध्ये म पनि पर्ने छु 

सबैभन्दा धनी व्यक्ति पनि म बन्ने छु 

यो जीवनका लागि म धन्य छु ।

नामः उत्कृष्टमणि न्यौपाने