Logo

Student Corner

म्याराडाेना: एक ऐतिहासिक खेलाडी

Written by: Ashutosh Pudasaine - 2022002, Grade XI

Posted on: 21 December, 2020

डिएगो अरमान्डो म्याराडाेनाको जन्म लानस अर्जेन्टिनामा सन् १९६० मा भएको थियो । उनी फुटबलप्रेमी परिवारमा जन्मिएका थिए । सानैदेखि म्याराडाेना फुटबलतर्फ आकर्षित भएका थिए । उनी आफ्ना बुबासँग फुटबल खेल हेर्न जाने गर्दथे ।  ८ वर्षको कलिलो उमेरमै म्याराडाेनाले  'लस सेबोलेटस' बाट फुटबल खेलेका थिए । १४ वर्षको उमेरमै 'अर्जेन्टिनोस झुनिओर' को टिमबाट फुटबल खेलेका थिए । उनले बोका जुनियर टिमबाट खेलेको ४ महिना पनि नबित्दै राष्ट्रिय टिमबाट खेल्ने अवसर पाएका थिए जसले गर्दा उनी सानो उमेरमै अवसर पाउने खेलाडीका रूपमा पनि परिचित हुन पुगे । केही वर्षपछि (सन् १९८१) नै उनी बोका जुनिओरमा गए र आफ्नाे क्षमतालाई प्रस्तुत गरे । बोका जुनिओरमा च्याम्पियनसिप जितेपछि उनी १९८२ मा बार्सिलोना गए ।  बार्सिलोनामा खेलेको एक वर्षमै बार्सिलोनालाई स्पेनिस कप दिलाउन सफल भए । सन् १९८४ मा उनले इटालीमा कमजाेर अवस्थामा रहेको टाेली नेपोलीको स्तरलाई नयाँ उचाइमा पुर्याए । उनको साथले नेपोलीले लिग र कप जित्न सफल भयाे । उनकै नेतृत्वमा टिम अर्जेन्टिनाले सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकप उचाले । सन् १९९० पछिको उनको जीवन सुखद रहन सकेन । उनी खेलेको खेलमा अन्तमा सन् १९९० मा भएको विश्वकपमा उनकाे जर्मनीसँग पराजित हुन पुग्यो । सन् १९९१ मा उनी कोकिनका साथमा पाइएको कारणले फुटबलबाट उनले १५ महिना टाढिनुपर्यो भने नेपाेलीसँगको सम्बन्ध पनि टुट्न गयो । उनले फुटबलबाट सन् १९९७ मा सन्यास लिए । उनले कोचको रूपमा पनि आफूलाई स्थापित गर्न खोजे तर सफल हुन सकेनन् । उनले सन् २००८ मा अर्जेन्टिनाको कोचको जिम्मेवारी पनि निर्वाह गरे । उनको सबैभन्दा यादगार गोलका रूपमा सन् १९८६ को विश्वकपमा बेलायतसँग खेलेको खेलमा गरेको गोल रह्यो जुन खेलमा उनले हातले गोल गरे पनि गोलले मन्यता पायो । उनलाई यस शताब्दीकै महान् खेलाडीका रूपमा लिइन्छ ।  उनको मृत्यु सन् २०२० को नोभेम्बर २५ मा भयो । उनले याे धर्ती छोडे पनि उनी महान् खेलाडीका रूपमा उनी फुटबलप्रमीहरूकाे स्मृतिमा रहिरहने छन् ।