Logo

Student Corner

जिम मोरिसन - इतिहासकै उत्कृष्ट गायक

Written by: Pratik Kharel - 21131, Grade XII

Posted on: 20 December, 2020

जिम मोरिसन अर्थात् जेम्स दोग्लास मोरिसन अमेरिकी गायक, रचनाकार र कवि  हुन् जसले द दाेर्स नामक सङ्गीतकारहरूको दल गठन गरेका थिए । उनको जन्म सन् १९४३ मा अमेरिकाको फ्लोरिडा राज्यमा भएको थियो । उनी आफ्नो जङ्गली व्यक्तित्व, काव्यात्मक सङ्गीत, जादुमयी स्वर र अनियमित नाटकीय प्रस्तुतिका लागि प्रख्यात थिए । प्रशंसक र वरिष्ठ समालोचकहरूले मोरिसनलाई रक-रोल इतिहासकै  प्रभावशाली फ्रन्टम्यान मान्छन् । वर्तमान माहोलमा पनि युवावर्ग र अन्य सङ्गीतप्रेमीहरूले उनको गीत निकै रुचाएको पाइन्छ ।  

सन् १९६५ मा उनले रे मेन्जारेकसँगको सहकार्यमा द दाेर्स नामक सङ्गीतकारहरूको दल गठन गरेका थिए । त्यसपछि उनले निकै रचनात्मक सङ्गीतहरू सार्वजनिक गरे, जसमा "लाइट माई फाएर" , "ब्रेक अन थ्रोउ", "द एण्ड", "मुनलाइट ड्राइव" आदि पर्छन् । विशेष गरी उनका गीतहरूमा विद्रोहको आभाष गरिन्छ । काव्यात्मक धारा-प्रवाहले उनका सङ्गीत सुसज्जित हुन्थे र यही कारणले उनी "रक-रोल हल अफ फेमको" सदस्य चुनिएका  थिए । आफ्नो सङ्गीतमार्फत् मोरिसन सकारात्मकतालाई प्रेरित गर्थे र उनी जीवनको कलात्मक घटनालाई आफ्नो सङ्गीतको माध्यमले प्रचार गर्थे । यही कुराले उनलाई इतिहासकै सर्वश्रेष्ठ गायक बनाउँछ ।

उनी मदिरामा निर्भर हुन्थे जसको कारणले उनको प्रस्तुतिमा असर पर्न जान्थ्यो । मदिराकै कारणले २७ वर्षको उमेरमा उनको अप्रत्याशित निधन भयाे र संसारले एक महान् हस्ती गुमाउन पुग्याे ।