Written by: Kajal Bastakoti - 21108, Grade XII
Posted on: 17 December, 2020
एकान्तको कुना खोज्दै थिएँ,
कोलाहलको संसारमा
दृढता बिलाउँदै गएछ आफ्नो
हराएछु यो कोलाहलमा ।
मरुभूमिको बलुवा
गन्दै पो रहेछु,
समय बितेको पत्तै पाइनँ,
अब फिर्ता पाउने कुरै भएन ।
हतारिँदै आत्तिँदै दौडिरहेँ म
गन्तव्यबिना
धेरै टाढा पुगिसकेको रहेछु,
फर्किन म सकिनँ ।
ती दुई मुस्कान पर्याप्त थिए,
यो मैले सोचिनँ,
मुस्कानले मात्र मलाई कहाँ पुग्यो र
चाहिएको थियो धेरै ।
तर ती कुरा के थिए
भनेर पत्ता लगाउन सकिनँ,
अझ पनि खोजी गर्दै छु म
एकान्तको कुनामा ।