Logo

Student Corner

व्यवसायमा सामाजिक सञ्जालको प्रभाव

Written by: Sairash Saharma Gautam - २१११८, Grade XII

Posted on: 15 December, 2020

लन्डन बिजनेस स्कुलका डिन सर एन्ड्र्यु लिकिरमानका अनुसार सामाजिक सञ्जालले ‘बिज्नेस पर्फर्मेन्स’ लाई पुरै बदलिदिएको छ । त्यो भनाइ सत्य हो किनभने सामाजिक सञ्जाल अब व्यवसायलाई आगाडि बढाउन सबैभन्दा चाहिने कुरा हो । थोक बिक्रेताहरूजस्ता केही व्यवसायीले सामाजिक सञ्जालको बारेमा सोच्न पूर्ण रूपले बेवास्ता गर्न सक्दछन् किनकि तिनीहरू केवल अर्को व्यवसायसँग व्यवहार गर्दछन् । सामाजिक सञ्जाल अधिक शक्तिशाली बनेपछि सङ्गठनहरूले उनीहरूको प्रदर्शन मापन गर्न कठिनाइहरूको सामना गर्दछन् । उनीहरूले सामाजिक सञ्जाललाई सही तरिकाले आगाडि बढाउनका लागि नयाँ जुक्ति लगाउनुपर्छ । कुनै पनि नकारात्मक पृष्ठपाेषणलाई ध्यान दिनुपर्दछ र उनीहरूले कुनै नकारात्मक टिप्पणीप्रति कसरी प्रतिक्रिया गर्ने भन्ने बारेमा छलफल गर्नुपर्दछ । ग्राहकहरूबाट कुनै पनि नकारात्मक प्रतिक्रिया सधैँ नेटमा हुनेछन् ।

ग्राहकहरूले अब उनीहरू कोसँग र कहाँबाट उत्पादनहरू वा सेवाहरू किन्दै छन् भन्ने कुरामा धेरै ध्यान पुर्याउनुपर्छ, विशेष गरी महँगा समानहरू खरिद गर्दा । कुनै वस्तु खरिद गर्ने निर्णय गर्नुअघि उनीहरू अनलाइन खोजी गर्न इच्छुक छन् । स्मार्ट फोन र इन्टरनेटका माध्यमबाट अब सजिलै खोजी गर्न सकिने भएकाले ग्राहकले केही मिनेटमा नै खोजी गर्न सक्दछ । त्यसकारण कम्पनीहरूमा सामाजिक सञ्जालको उपस्थिति हुनुपर्दछ र ग्राहकको प्रतिक्रियालाई व्यवस्थित गर्न केही ध्यान दिनुका साथसाथै तिनीहरूलाई विश्वास दिलाउने कोसिस गर्नुपर्दछ । सामाजिक सञ्जालले ग्राहकहरूसँग राम्रो सम्बन्ध बनाउन र एक एक सञ्चारलाई वास्तविकता प्रदान गर्न सङ्गठनहरूलाई ठुलो अवसर प्रदान गर्दै छ । सन्तुष्ट ग्राहकहरू निश्चित रूपमा आफ्ना साथीहरूसँग आफूलाई मन पर्ने विशेष कम्पनीका बारेमा कुरा गर्छन् र आफ्नो कम्पनी झन् बढ्छ । यदि उनीहरू सामाजिक सञ्जाल प्रयोग गर्दैनन् भने उनीहरूले ग्राहकहरू गुमाउँछन् ।

व्यवसायीले सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने अर्को ठुलो कारण के हो भने उनीहरूका ग्राहकहरू र भविष्यका ग्राहकहरूले यसलाई प्रयोग गरिरहेका हुन्छन् । धेरै व्यक्तिको सामाजिक सञ्जाल खाता, जस्तैः फेसबुक, युट्युब र यस्तै अन्य छन् । एक व्यवसायले आफ्नो ब्रान्ड प्रस्तुत गर्नुपर्दछ जहाँ ग्राहकहरू छन् । परम्परागत रूपमा हामीले मान्छेहरूकाे भिड हुने सपिङ्ग मलजस्ता स्थानहरूमा पसलहरू खोलेका हुन्छौँ । एक व्यवसायी सामाजिक सञ्जालमा पनि भिड हुने ठाउँमा जस्तै प्रस्तुत हुनुपर्छ किनभने लाखौँ व्यक्ति प्रत्येक दिन त्यो प्रयोग गर्दै हुन्छन् । कसैले यसमा मतलब देखाएन भने उसका प्रतिस्पर्धीहरू बलिया हुँदै जानेछन् ।

म्याकेन्सेका अनुसार सामाजिक सञ्जाल प्रयोग गरिरहेका व्यवसायीले ५० प्रतिशत ग्राहकको सन्तुष्टि कायम राख्न सफल भएका छन् । व्यवसायमा उनीहरूको नेतृत्व ४८ प्रतिशतले बढेको छ र सबैभन्दा महत्त्वपूर्ण कुरा तिनीहरूको नाफा २४ प्रतिशतले वृद्धि भएको छ । 

सन्दर्भ सामग्री:

सन् (२०१८) सम्पा: दि इम्प्याक्ट अफ सोसिअल मिडिया मार्केटिङ्ग एसे : युके एसे