Logo

Student Corner

पाउलो रोसी - महान् इटालेली फुटबलर

Written by: Sandarva Subedi - 21121, Grade XII

Posted on: 14 December, 2020

फुटबल भन्ने बित्तिकै निकै रोमाञ्चक खेलको चित्र मनभित्र कोरिन्छ र यस खेललाई रोमाञ्चक बनाउने हस्तीहरूको स्मरण गरिन्छ । यिनै हस्तीहरूमध्ये एक हुन्, स्व. पाउलो रोसी । उनको जन्म सन् १९५६ मा इटालीको प्राटो सहरमा भएको हो । रोसी इटालेली व्यावसायिक फुटबलर हुन् जसले १९८२ को विश्वकपको उपाधि साथ-साथै गोल्डेन बल र गोल्डेन बुट पनि जितेका थिए । यसरी तिनै उपाधि जित्ने रोसी तेस्रो खेलाडी हुन् । सोही वर्ष उनको जादुमयी खेलको कदर गर्दै उनलाई बालोन डी'-ओर र युरोपियन वर्ष खेलाडीकाे उपाधिले सम्मान गरियो । रोसी इटालेली राष्ट्रिय टोलीबाट विश्वकपमा तेस्रो सर्वाधिक गाेलकर्ता खेलाडी हुन् । उनले विश्वकपमा ९ गोल गरेका छन् ।  

क्लब स्तरमा उनको पहिलो क्लब भिसेन्जा हो र उनी सोही क्लबका सर्वाधिक  गाेलकर्ता खेलाडी हुन् । भिसेन्जामा उनको कलात्मक प्रदर्शनलाई मध्यनजर गर्दै उनलाई तत्कालीन सर्वाधिक महँगो खेलाडी घोषित गरियो र महँगो शुल्क तिरेर उनलाई सन् १९७६ मा युभेन्टस बोलाइयो । युभेन्टसमा हुँदा उनले २ सिर ए, १ कोप इटालिया, १ सुपर कप र १ युरोपियन कप हासिल गरे । युभेन्टसपछि उनी ए.सी. मिलनमा आए । त्यहाँ उनको प्रदर्शन राम्रो थियो तर कुनै उपाधि भने हासिल गर्न सकेनन् । उनी सन् १९८६ मा भेरोना आए र त्यहाँ पनि उनको प्रदर्शन ठिकै रह्यो र उनले सन् १९८७ मा खेल जीवनबाट सन्यास लिए । उनी एक महान् इटालेली फुटबलर हुन् र उनको नाम "१२५ उत्कृष्ट फुटबलर" मा सन् २००४ मा पेलेद्वारा सामेल गरियो र उनलाई  फिफा सताब्दीको सदस्यमा सामेल गरियो । उनको जदुमायी खेलको समस्त इटाली र विश्वो नै दिवाना छ । 

उनको निधन ९ डिसेम्बेर सन् २०२० मा इटालीमा भयो । उनी हामीमाझ जीवित नरहे पनि उनको फुटबल खेलमा रहेको योगदान सदैव अमर छ ।