Logo

Student Corner

जीवित र अवस्थितबिचको भिन्नता

Written by: Subesh Tharu - 2022013, Grade XI

Posted on: 13 December, 2020

जीवित र अवस्थित दुवैकाे अर्थ जीवितै रहन्छ तर हामी यिनीहरूलाई भिन्न सन्दर्भमा प्रयोग गर्छौं । असलमा जीवित र अवस्थितबिच के भिन्नता छ ? जीवितकाे धेरै अर्थ हुन्छ जस्तै 'जीवित रहनु', 'एउटा ठाउँमा घर बनाएर बस्नु' आदि । यस सन्दर्भमा हेर्दा जीवित हुनु भनेको यो संसारमा बाँच्नु, जीवनको आनन्द लिनु र हरेक क्षणको मज्जा लिनु हो । यसैगरी हामी यो संसारमा हुनु र जीवित रहनको लागि के आवश्यक छ त्यो मात्र गर्नु भनेको अवस्थित हुनु हो । साँच्चिकै बाँच्नु भनेको संसारमा दुर्लभ कुरा हो ।
यदि हामी जीवित छाैँ भने हामी जीवनमा आनन्द, उत्साह, जोस छ र जीवनमा रुचिका साथ बाँचेका छाैँ । जब कोही व्यक्ति जीवित हुन्छ, उससगँ स्पष्ट र अर्थपूर्ण लक्ष्यहरू हुन्छन् । उसले जीवनमा जोसका साथ काम गर्छ र आफ्नो जीवनको हरेक क्षणमा आनन्द लिन्छ । अर्को शब्दमा भन्दा हामीसँग हाम्रो जीवनको नियन्त्रण हुन्छ र हामीले आफ्नो जीवनमा के के निर्णयहरू लिनुपर्छ हामीलाई थाहा हुन्छ, जस्तैः हामी खेल्छाैँ, घुम्छाैँ र रमाइले गर्छौं । त्यसैगरी जब हामी अवस्थित हुन्छाैँ, हामीले आफ्नो अस्तित्वलाई जारी राख्नको लागि हामी आफ्नो सम्पुर्ण आवश्यकताहरू पुरा गर्छौं । हामीले जहिल्यै काम गर्छौं किन ? किनभने बाँच्नका लागि ती काम गर्नु आवश्यक छ । त्यसैले जो केबल अवस्थित छ, उसले जीवनको आनन्द लिन सक्दैन । उससँग कुनै जोस र उत्साह हुँदैन र ऊ केवल जीवनको गतिमा हिँड्छ ।
त्यसैले अजदेखि हामी अवस्थित नभई जीवित हुनुपर्छ । त्यसका लागि हामीले हाम्रो जीवनमा लक्ष्यको साथ अगाडि बढ्नुपर्छ र जे जे परिवर्तन हामीलाई चाहिन्छन् ती परिवर्तन पुरा गर्नुपर्छ र संसारमा अवस्थित नभई जीवित हुनुपर्छ ।