Logo

Student Corner

बाल्यकालका दिनहरू अनमोल हुन्छन् ।

Written by: Samyam Shrestha - 2022012, Grade XI

Posted on: 08 December, 2020

बाल्यकालमा भएको भावनात्मक, सामाजिक र शारीरिक विकासले व्यक्ति परिपक्व बन्दा प्रत्यक्ष पार्दछ त्यसैले बालबालिकाहरूकाे हेरचाह गर्ने काम धेरै महत्त्पूर्ण छ । हरेक बालकको बाल्यकालले उसको भविष्यलाई निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ । बच्चाहरू जसले बाल्यकालमा नराम्रो अनुभव गरेका छन्, तिनीहरूमा शारीरक र मानसिक विकास नकारात्मक किसिमले भएका छन् । यस्ता व्यक्ति वयस्क हुँदा उनीहरूमा सामाजिक कौशल र आत्मीयताको अभाव हुन्छ र अन्तिममा अरूसँग कुरा गर्ने छोडेर अरूबाट अलग बस्छन्, जसले ठुलो समस्या सिर्जना गर्दछ । 

 सबै आमाबुबा र शिक्षकले यी कुराहरू याद राखेर बालबालिकालाई हुर्काउनुपर्छ । बाल्यकाल जिन्दगीमा एकचोटि मात्रै आउँछ त्यसैले हामीले यो समयलाई रमाइलो गरी बिताउनुपर्छ । बाल्यकाल भनेको एउटा रमाइलो गर्ने समय हो । याे समयमा हामीले धेरै कुराहरू गर्न सक्छौँ, जसले हामीलाई मनोरञ्जन हुन्छ । याे चरणमा बालबालिकालाई अनावश्यक दबाब दिनु हुँदैन । दबाबका कारण यसले बच्चाहरूमा ठुलो समस्या निम्त्याउन सक्छ, जसले बालक जीवन नै बर्बाद गर्न सक्छ त्यसैले सबैले राम्रो सोच राखेर आफ्नो बाल्यकाल बिताउनुपर्छ । 

बाल्याकाल मानव जीवकाे धेरै महत्त्वपूर्ण चरण हाे । यसले व्यक्तिकाे जीवनमा धेरै परिवर्तनहरू ल्याउँछ, त्यसैले सबै बालबालिकाहरूलाई राम्राे हेरचार गरी तनाबरहित जिन्दगी बिताउन दिनुपर्छ ।