Logo

Student Corner

प्रकृतिको संरक्षण

Written by: Darshan Mainali - 2022007, Grade XI

Posted on: 06 December, 2020

हाम्रो वरिपरिको वातावरण धेरै महत्त्पूर्ण छ । अहिले जे पनि हामीले देख्छौँ, यी सबै चिज हामीलाई प्रकृतिले प्रदान गरिदिएकाे हाे पुर्खाहरूले संरक्षण गरिदिएका हुन् तर हामीले यो वातावरणको राम्रोसँग उपयोग गरेर संरक्षण गरेका छौँ र? हाम्राे जिम्मेवारी के हो ? यस्ता प्रश्नहरू हामीले आफूलाई नै सोध्ने गर्नुपर्छ ।

पहिला काठमाडौँमा मानिसहरू/साधुहरू तपस्या गर्न हजारौँ काेसकाे दुरी पार गरेर यता आउँथे र नेपालको वातावरण देखेरै रमाउँथेँ । नेपालको शान्त वातावरणबाट तिनीहरू खुसी हुन्थे र भित्रबाट पनि उनीहरूलाई राम्रो लाग्थ्यो तर अब हामीले के देख्न सक्छौँ ? त्यही शान्त ठाउँमा जहिले पनि गाडीको हर्नलगायत अरू विभिन्न ध्वनि प्रदूषण छन् । त्यो स्वच्छ ठाउँमा आज हामीले सेतो रङको लुगा लगायौँ भने २० मिनेटभित्र त्यो रङ पहेँलो हुने गर्दछ । खानेकुरा बाहिर राख्दा धुलो त्यससँग मिसिएर खाना प्रदूषित हुन्छ । पहिला मानिसहरूले स्वच्छ र धार्मिक मान्ने बागमती नदी जसको पानी मानिसहरूले पहिले पिउँथे र त्यही पानीमा नुहाउने गर्दथे, त्यही नदीमा आजकल मानिसहरूले फाेहर फाल्छन् र त्याे नदीको छेउछाउ पनि काेही जान चाहँदैनन् ।

हामीले हाम्रो धर्तीको वातावरणको संरक्षणका लागि केही उपायहरू खोजेका छौँ र ? हामीले आफैँ फोहरहरू वरिपरि फाल्छौँ । सबैले सभ्य भई याे पृथ्वीकाे संरक्षणतर्फ लाग्यौँ भने हामीले यो पृथ्वी बचाउन सक्छौँ  तर हामीले केही कोसिस र प्रयास नगरी अरबौँ खरबौँ पैसा खर्च गरी अन्य ग्रहमा बस्ती सार्न खोजिरहेका छौँ । बस्ती सर्नुभन्दा देशको, धर्तीको संरक्षणका लागि खर्च गरेको भए धर्तीको अवस्था राम्रो हुन्थ्यो । त्यसैले हामी सबै जना मिली राम्रो सोचका साथ राम्राे काम गरी धर्तीको संरक्षण गरौँ ।