Logo

Student Corner

हरियो, पहेँलो, महँगो, सस्तो मास्क आयो, मास्क !

Written by: Adhit Upadhyay - 2022003, Grade XI

Posted on: 03 December, 2020

यहाँ पाँचदेखि सयसम्मको सबै मास्क बिक्छ
पसलबाट घर पुगुन्जेल मात्र त्यसको इलास्टिक टिक्छ ।
मास्कभन्दा कोरोना भाइरस ताकतवर
मास्क नलगाए २००० रुपैयाँ जरिवाना भर, लगाए पनि कोरोनाको छ डर ।।

सात महिना KN94 लगाएँ, कोरोना गएन
अब झिलिमिली मास्क लाउँछु यो पाराले त हुँदै भएन ।
मास्क त मास्क हो डरैले लाइन्छ
तर खै यता त धुलो नछेक्ने मास्क मात्र पाइन्छ ।।

मान्छेको जीवनमा गाँस, बास र कपास जति महत्त्वपूर्ण कुरा हो, अहिलेको समयमा मास्क त्यति नै महत्त्वपूर्ण कुरा हो । कोरोना भाइरस आउनुभन्दा अगाडिदेखि नै हामी मास्कको प्रयोग गर्थ्याैँ । कोरोना आउनुभन्दा अगाडि मैले १० रुपैयाँ पर्ने मास्क देखेको थिएँ, त्यो पनि निलो र कालो रङमा । अहिलेको जस्तो N94, KN94 को त नाम पनि सुनेको थिइनँ । हामी मास्क धुलोबाट बच्नका लागि, राेग नसराेस् भन्नका लागि प्रयोग गर्छौं । मैले इन्टरनेटमा खोज्दा भेटेको कुरा अहिलेका सर्जिकल माक्सहरूले कोरोना रोक्छन् रे, त्यो साधारण मास्कले भन्दा । भनेपछि कोरोना जुन वायुबाट सर्ने रोग नछेक्ने मास्कले यत्रो वर्ष धुलो छेक्यो होला त ? त्यतिखेरै किन अहिलेको जस्तो मास्क बनाइएन ? कोरोना हुनबाट रोक्ने KN94 जस्ता मास्क र साधारण मास्कमा के के फरक छ? किन साधारण मास्कमा ती कुराहरू हलिएनन् जुन KN94 मा छन् । सबैभन्दा महत्त्वपूर्ण कुरा धुलो नछेक्ने मास्क बजारमा ल्याइयो किन ? अहिले हामीले मास्कका विभिन्न प्रकारहरू देख्न सक्छौँ । अहिले त मानिसहरू आफ्नो कपडासँग मिल्ने मास्क लगाएर हिँड्छन् । सुरुसुरुमा नेपालमा कोरोनाको क्रम बढिरहेको बेलामा त झन् प्लास्टिकको मास्क बनाएर बेचेका पनि थिए । हामीलाई हाम्रो सरकारले घरै घरैमा दिदै हिड्नु घर घरम बाँडेका मास्कहरू लगाएर फुक्ने हो भने बलिरहेको बत्ती दियाे निभ्छ । मास्कको भित्रपट्टि फोहोर पनि पसेको हुन्छ, जसले हामीलाई उल्टै हानी पुर्याउँछ । हाम्रो देशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्नुकाे एक प्रमुख कारण मास्क पनि हो ।