Logo

Student Corner

कागजको महत्त्व

Written by: Diya Shrestha - 22032, Grade XI

Posted on: 02 December, 2020

हामीलाई दिनहुँ प्रयोग गर्नका लागि धेरै चिजहरू चाहिन्छन्, जसमध्ये कागज एक प्रमुख चिज हाे । कागजले गर्दा मानिसको जीवनमा ठुलाे परिवर्तन आएको छ । अहिलेको समयमा कागज र कलम मानव जीवनका महत्त्वपूर्ण विषय बनेका छन् । कागजको उत्पादनले मानिसको लेख्ने प्रक्रिया सहज भएको छ । 

कागजको प्रयोगभन्दा पहिला मानिसले बाेक्रा र निश्चित रुखका पातहरूमा लेख्ने गर्दथे । कागज धेरै चिजहरू मिलाएर बनाइएकाे हुन्छ।कागज बनाउन चाहिने महत्त्वपूर्ण वस्तु काठ हो । यस प्रक्रियाले अमेरिका, क्यानडा र नर्वेले धेरै मात्रामा  कागज बनाउँछन् ।कति देशमा कागज मेसिनले बनाइन्छ भने कति देशमा हातले नै बनाइन्छ । हाम्रो देश नेपालमा कागज हातले नै बनाइन्छ । कापी पनि कागजअनुसार फरक पर्ने गर्दछ । कुनै कापी रङ्गगिन हुन्छन्, कुनै पातला पनि हुन्छन् र कुनै चिल्ला हुन्छन् । त्यो सब पैसाअनुसार फरक पर्ने गर्दछ।

कागजले धेरै क्षेत्रमा फरक फरक महत्त्व बोकेको हुन्छ । कागजले हामीलाई चिट्ठी, किताब, पत्रिका आदि लेख्न मद्दत गर्छ। विद्यार्थी जीवनमा भने कागजले अति महत्वपूर्ण अङ्गको जस्तो काम गरिरहेको हुन्छ । कागज नभएको भए अहिले मानिससँग पैसा पनि हुँदैनथ्यो । कागजले पढाइ र व्यापारमा पनि उत्तिकै भूमिका खेलिरहेको हुन्छ । कागज चित्र, सजावट तथा नक्कली फूलजस्ता विभिन्न कार्यमा उपयोग हुन्छ । 

हाम्रो देशमा कागज उत्पादन गर्ने थाेरै मात्र मिल छन्, त्यसैले हामीले अरू देशबाट ठुलो परिमाणमा कागज ल्याउनुपर्ने हुन्छ । त्यसैले हामीले कागजकाे दुरुपयाेग गर्नु हुँदैन, चाहिने बेलामा मात्र प्रयोग गर्नुपर्छ।