Logo

Student Corner

शैक्षिक भ्रमणका फाइदाहरू

Written by: Shreejal Khatri - 2022024, Grade XI

Posted on: 01 December, 2020

शैक्षिक भ्रमण भनेको कुनै ठाउँको सांस्कृतिक ऐतिहासिक र समाजिक जानकारी पाउनका लागि गरिने भ्रमण हो । याे भ्रमणमा जानकारी पाउने र रमाइलो गर्ने दुबै उद्देश्यहरू पर्दछन् त्यसैले धेरै विद्यालयहरूले विद्यार्थीहरूलाई शैक्षिक भ्रमणमा लाने गर्दछन्। 

शैक्षिक भ्रमण विद्यार्थीका लागि धेरै महत्त्वपूर्ण हुन्छ । विद्यार्थीहरूले किताबबाट पढेको भन्दा घुमफिर गरी पढेका कुरा अझै बुझ्दछन् किनभने विद्यार्थीहरूले रमाउँदै पढेका कुराहरू अझै राम्रोसँग बुझ्ने गर्दछन् । यदि कोही कुनै ठाउँ गएका छैनन् भने ती व्यक्तिहरूले आफ्ना साथीभाइहरूसँगै अझै रमाइलोसँग ठाउँ घुम्न पाउँछन् । विद्यार्थीहरूले नयाँ कुराहरू हेर्न पाउँछन् र नयाँनयाँ अनुभवहरू गर्न पाउँछन् । 

शैक्षिक भ्रमणबाट विद्यार्थी मात्र होइन जो कोहीले पनि नयाँ ठाउँको बारेमा धेरै कुराहरूको जानकारी पाउन सक्छन् । विद्यार्थीहरूले आफ्नो घर र स्कुलबाहेक नयाँ नयाँ चिजहरू हेर्न पाउँछन् । विद्यार्थीहरूले विभिन्न ठाउँ कहाँ-कहाँ स्थित छन् भन्ने कुराहरू थाहा पाउँछन् । शैक्षिक भ्रमणका माध्यमबाट विद्यार्थीले नयाँ ठाउँ हेर्ने मात्र हैन, त्यहाँ बसेका नयाँ नयाँ मान्छेसँग पनि चिनजान गर्ने काम गर्न सक्दछन् । 

शैक्षिक भ्रमण भनेको धेरै खर्च गरेर टाढा टाढा मात्र जाने पनि होइन । जुनै पनि नयाँ ठाउँ भए पनि यदि हामीले त्याे ठाउँका बारेमा केही नयाँ जानकारी पायाैँ भने त्यसलाई पनि शैक्षिक प्रमाण भन्न सकिन्छ ।