Logo

Student Corner

थाङ्का चित्रकला

Written by: Samyam Shrestha - 2022012, Grade XI

Posted on: 29 November, 2020

थाङ्का चित्रकला भनेको एक प्रकारकाे चित्रकला हो जुन कपडाहरूमा बनाइन्छ । यस चित्रकलामा धेरै जति भगवान्‌हरूको चित्र बनाइन्छ । थाङ्कामा महत्त्वपूर्ण भगवान् बिचमा बनेको हुन्छ र अरू देवताहरू छेउमा हुन्छन् । थाङ्का धेरै ध्यान दिएर बनाउनुपर्छ । थाङ्का बनाउने मानिसहरू निपुण र मापनमा राम्रो हुनुपर्छ । पहिला थाङ्कामा रेखाचित्र काेर्ने गरिन्छ । भगवान्‌का चित्रहरू नाप मिलाएर बनाइन्छन् । भगवान्‌का सबै रेखाचित्र काेरिसकेपछि अब चित्रकारले रङ्ग कता राख्ने भन्ने सोच्छन् र मिलाउँछन् । सबै कुरा मिलेपछि चित्रकारले रङ्ग लगाउन सुरु गर्छन् । उनीहरूले धेरै थरिका रङ्गको प्रयोग गर्छन् । सबै रङ्गहरू लगाएपछि थाङ्कालाई राम्ररी सुकाउँछन् । अनि पछि बजारमा बेच्न लान्छन् । थाङ्का धेरै महत्त्वपूर्ण छ । यी थाङ्काहरू थोरैदेखि धेरै मूल्यमा पनि बेच्न सकिन्छ । यी थाङ्काहरू बिदेशीहरूलाई धेरै मन पर्छ र राम्रा छन् भने जति मूल्यमा पनि किन्छन् ।

थाङ्का चित्रकलाको परम्परा नेपालबाट प्रभावित भएर अरू देशहरूमा फैलिएको हो । थाङ्काहरूमा पहिलाको समयमा धेरै जस्तो भगवा‌न्‌का र प्राकृतिक दृश्य बनाउने गरिन्थ्याे । धेरै पहिले नेपालीहरूले यस्ता थाङ्का चित्रकला बनाउन सुरु गरेका थिए । धेरै जति नेपाली थाङ्का चित्रकलाहरू नयाँ बनाएका गुम्बाहरूमा हालिन्थे । यसरी नै विदेशका गुम्बाहरूमा पनि नेपालीले बनाएका चित्रकलाहरू राख्न थालियाे । यसरी नेपाली थाङ्का चित्रकला प्रसिद्ध हुन सुरु भयो । 

यसरी नै थाङ्का विश्वभरि प्रसिद्ध भएको हो । थाङ्का बनाउने मान्छेहरूले राम्रै पैसा कमाउँछन् । थाङ्काहरू घरमा सजावटका लागि पनि राखिन्छन् । बाैद्ध धर्म मान्ने मान्छेहरू यही थाङ्का किनेर पूजा गर्छन् । यसरी थाङ्काको आफ्नै महत्त्व छ ।