Logo

Student Corner

के रुघाखाेकीले कोरोना भाइरससँग लड्न मद्दत गर्दछ ?

Written by: Sashuv Kafle - 21130, Grade XII

Posted on: 25 November, 2020

कोरोना भाइरस अहिले एक ठुलो समस्या भएको छ । यो भाइरसका कारणले हाम्रो जीवन धेरै परिवर्तन भएको छ । भाइरसको कारण हरेक दिन हजारौँ मानिस आफ्नो जीवन गुमाउँछन् । अनुसन्धानकर्ताहरूले समाधान फेला पार्न प्रयास गर्दै छन् तर यसलाई पत्ता लगाउन गाह्रो देखिन्छ । 

म कोरोनाभाइरससम्बन्धी केही लेखहरू पढिरहेको थिएँ र मैले केही अनौठा तथ्यहरू पाएँ । भर्खरको अनुसन्धानका अनुसार यो पत्ता लाग्यो कि साधारण रुघाखाेकीले हामीलाई कोरोना भाइरससँग लड्न मद्दत पुर्‍याउँछ । हो, यो विश्वास गर्न गाह्रो छ तर केही अनुसन्धानका अनुसार सामान्य चिसोमा परेका मानिसहरू भाइरसबाट मर्ने सम्भावना कम हुन्छ र तिनीहरू त्यसबाट सुरक्षित हुन सक्छन् । यो अझै पुष्टि भइसकेको छैन र अनुसन्धान अझै चलिरहेको छ र छिटै नतिजा प्राप्त हुने आशा छ ।

अध्ययनका अनुसार जब शरीर चिसोबाट निको हुन्छ, शरीरले केही एन्टिबडीहरू र कीटाणुसँग लड्ने B-Cell हरू राख्छ र यसले भाइरसबाट जोगाउन मद्दत गर्दछ । यो अध्ययन अमेरिकाको बोस्टन विश्वविद्यालयमा मेडिसिनका प्रोफेसर मनिष सागरले गरेका थिए । उनले आफ्ना सहकर्मीसँग यस सिद्धान्तको परीक्षण गरे र परिणाम आश्चर्यजनक थियो । तिनीहरूले पत्ता लगाए कि चिसो लागेका मानिसहरूमा भाइरसका लक्षणहरू कमहुन्छन् र तिनीहरू सुरक्षित हुन सक्छन् तर अनुसन्धान अझै निर्णायक छैन । अनुसन्धानकाे अन्तिम निष्कर्ष के आउँछ, त्याे हेर्न बाँकी नै छ ।

अहिले कोरोना भाइरसको सङ्क्रमण बढ्दो छ । यो कहिले समाप्त हुन्छ भन्ने कुरा हामी अनुमान गर्न सक्दैनौँ । त्यसकारण सुरक्षित रहौं र अरूलाई पनि सुरक्षित राखौँ ।